बेल्टार/बैशाख १। नयाँ वर्ष २०७८ सालको शुभकामनासंगै किरात राई यायोक्खा परिसरमा एक सभाहल भवनको पनि आज (बुधबार) विहान शिलान्यास भएको छ ।
चौदण्डीगढी नगरपालिका वडा नं. ७ स्थित साकेला पार्क स्थित २ सय ५० जनासम्म अड्ने यायोक्खा सभाहको चौदण्डीगढी नगरपालिका नगर प्रमुख खगेन्द्र राईले शिलान्यास गरेका हुन् ।
नगरपालिकाको चालु आर्थिक वर्ष ०७७/०७८को विनियोजित बजेट कूल ५ लाख रूपैयाबाट सो सभाहलसंगै एक शौचालयसमेत निर्माण हुनेछ ।
किरात राई समूदायका अग्रज व्यक्तित्वहरुद्वारा स्थापना गरिएको साकेला पार्कमा प्रत्येक वर्ष उधौली र उभौली पूजापाठ गरी साकेला नाच्ने गरिन्छ ।
शिलान्यास सभाहल निर्माण भइसकेपछि परिसरको घेरावेराको लागि स्थानीय पूर्वाधार साँझेदारी कार्यक्रम अन्तर्गत बजेट विनियोजन गर्ने प्रमुख राईले बताए ।
शिलान्यास कार्यक्रममा किराया जिल्ला समितिका अध्यक्ष बलधन राई, चौदण्डीगढी नगर अध्यक्ष अञ्जना राई, स्थानीय समाजसेवीहरु
कौशिला राई, देवीराज राई, पिटर खिम्दुङ, अगम वान्तावा, उर्मिला राई, बुद्धहाङ राई, दिपेन्द्र राई लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।