बेल्टार/ वैशाख १५। उदयपुरको चौदण्डीगढी–४ बसाहा निवासी चर्चित गायक भुवन सुप्तिहाङ राईको संगीतमा रहेको गीत ‘तीन तार तीनतिर’ निकै चर्चामा छ ।
हाल अमेरिकामा बस्दै आएका गायक तथा संगीतकार राईको उक्त गीतको म्युजिक भिडियो सार्बजनिक भएसँगै उनको पनि चर्चा ह्वात्तै चुलिएको छ ।
दुई दकशकदेखि नेपाली संगीतिक क्षेत्रमा अनवरतरुपमा क्रियाशील गायक तथा संगीतकार राईको
म्युजिक भिडियोमा गायिका अस्मिता अधिकारी र रोम नामजालीको स्वर रहेको छ । गायक रोम पनि अमेरिकामै बसोबास गर्दै आएका छन् । गीतमा रोमको स्वर अमेरिकामै रेकर्ड गरिएको हो भने अस्मिताको स्वर नेपालमा रेकर्ड गरिएको बताइएको छ ।
गीतका सर्जक आनन्द अधिकारी हुन् भने एरेन्ज थापाले एरेन्ज गरेका छन् । गीतको भिडियो निकेश खड्काको निर्देशन रहेको छ । म्युजिक भिडियोमा बुद्धी तामाङ र रजनी गुरुङको मुख्य भूमिकामा देखाइएको छ । गीतमा उत्तम हुमागाईंको छायांकन राजकिङ वाइवाको कोरियोग्राफी रहेको छ ।
गीत युट्युब च्यालन रोलेक्स इन्टरटेनमेन्टमार्पmत भर्खरै सार्वजनिक भएको हो । दश दिनमै १० लाखभन्दा बढी भ्यू पाएको म्युजिक भिडियो यसको शब्द र संगीतका कारण पनि चर्चित बनेको निर्माण पक्षले दाबी गरेका छन् । भिडियोमा युवा अवस्थाको मित्रतापछिको प्रेमलाई ग्रामिण परिवेशमा चित्रण गरेर देखाइएको छ ।