बेल्टार/पुस १६। नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (वीपी) लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा देशैभर मनाउँदै आएको छ ।
दिवसलाई चौदण्ढीगढी नगर समितिले पनि बेल्टार स्थित पार्टी कार्यालयमा मनाएको छ । मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा
रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता लगायत मेलमिलापको नीति लिएर ०३३ पुस १६ गते स्वदेश फर्किएको दिनलाई स्मरण गर्ने गरिन्छ ।
बेल्टारको कार्यक्रममा क्षेत्रीय सभापति भोजराज खतिवडा, नगर प्रमुख खगेन्द्र राई, तरुण दलका जिल्ला उपाध्यक्ष पर्वत दाहाल, नेविसंघका
नगर सभापति विवस राई, २ नं. वडाकी जनप्रतिनिधि टिकाकुमारी विक लगायतले वीपीको मेलमिलापको नितिबारे चर्चा गरेका थिए ।
कार्यक्रममा उप प्रमुख रिताकुमारी चौधरी त्यस्तै पवन कार्की, शशिचन्द्र राई, भाष्कर चौधरी, निजु श्रेष्ठ, विशाल गेलाल लगायतको उपस्थिती
रहेको थियो । कार्यक्रम नगर सभापति राजेन्द्र पौडेलको सभापतित्व र दिपेन्द्र वान्तावाको सञ्चालनमा सम्पन्न भएको थियो ।