बेल्टार/पुस १६। आगामी माघ ७ गतेबाट हुने राष्ट्रिय महिला लिग उप मेयर कप फुटबल प्रतियोगितामा सहभागी महिला खेलाडीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।
चौदण्डीगढी नगरपालिकाको कार्यालय परिसरमा बुधबार आयोजित कार्यक्रममा नगर प्रमुख खगेन्द्र राईले र उपप्रमुख रिताकुमारी चौधारीले २३ थान फुटबल, २८ सेट जर्सी लगायतका समाग्री हस्तान्तरण गरेका हुन् ।
खेल प्रशिक्षकहरु कुमारी राई र आशा राईसहित २६ जना प्रतियोगीतामा सहभागी हुने छन् । १५ दिनसम्म बन्द प्रशिक्षणमा राखी खेलाडीहरुलाई तयारी गरिने छ । कूल ७ वटा समुहले प्रतियोगितामा पतिस्पर्धा गर्ने छन् । सामाग्री
हस्तान्तरण गर्दै नगरप्रमुख खगेन्द्र राईले राम्रो प्रशिक्षीत भएर अनुसाशित तरिकाले प्रतियोगीतामा सहभागी भई विजयी हासिल गरेर आउन
आग्रह गर्दै कोरोनासंगै अर्को प्रजातिको भाईरस देखापरेकोले सुरक्षीत मापदण्ड अपनाउँदै खेलकुदमा सहभागी हुन पनि सुझाएका छन् ।
कार्यक्रममा ६ नं. वडाध्यक्ष कमलध्वज राई, नगर खेलकुदका अध्यक्ष शशिचन्द्र राई, सचिव भाष्कर चौधरी, सदस्यहरु देवीराज राई, विदुर
राई, निजु श्रेष्ठ, दिपेन्द्र बान्तवा, प्रेम राई, विवस राई, लगायतको समाजसेवी युवाहरको उपस्थिती रहेको थियो ।