बसाहा/असोज १०। उदयपुरको चौदण्डीगढी–४ बसाहा वर्षेडाँडामा हिजो (आईतबार)बाट सुरु भएको ८ औं नारदमुनी थुलुङ स्मृति कोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा भोजपुरका खेलाडी विजयी भएका छन् ।
गोरखा स्पोटिङ क्लव झापा र भोजपुरबीच भएको खेलमा ट्राईव्रेकरमा ४ का विरुद्ध ५ गोलले भोजपुर खेलकुद संघका खेलाडी विजयी भएका हुन् ।
खेलको पहिलो चरणमै भोजपुरका खेलाडी जर्सी नं. १० का सन्तोष तामाङले १३ औं मिनेटमा १ गोलगरी आफ्ना समूहलाई अग्रता दिलाएका थिए ।
तर खेलको २७ औं मिनेतमा झापाका खेलाडी जर्सी नं. १४ का जिलसन लिम्बुले खेललाई बराबरीमा पु¥याएका थिए ।
दोस्रो चरणको खेलमा दुवै समूहबाट कुनै पनि गोल हुन नसकेपछि खेल ट्राईव्रेकरमा परिणत भएको थियो ।
आजको प्रतियोगिताको निर्णायकमा सन्तोष चौधरी, सहायक रेफ्रिहरुमा अमर राई र तिलकबहादुर विक र फोर्थ अफिसियलमा दनुवार रहेका थिए ।
प्रतियोगिताका आयोजक समिति संयोजक भुपेन्द्र राईको अध्यक्षता र समाजसेवी शिवकुमार राईको प्रमुख आतिथ्यमा भएको खेलकुद कार्यक्रममा नेकपा माओवादी केन्द्रका १ नं प्रदेश समिति सदस्य राजन किराती ‘वासु’ १ नं. वडाका अध्यक्ष सिताराम राई, सशस्त्र प्रहरी वल
बेस क्याम्पका प्रहरी निरीक्षक जितेन्द्र बस्नेत लगायतको उपस्थिती रहेको थियो । भोलीको खेल आयोजक बसाहा र चर्ज व्वाईज क्लव काठमाण्डौबीच हुनेछ ।