बेल्टार/पुस १९। प्रदेश नं. १ का भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्कीले त्रियुगा नदीमा पक्की पुल निर्माण कार्यलाई प्रदेश सरकारको प्राथमिक्तामा रहेको बताएका छन् ।
हडिया स्थित जनता नमूना विद्यालयमा नव निर्मित एक भवनको उद्घाटन गर्न सोमबार आएका मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।
चौदण्डीगढी नगरपालिकाको ९ र १० नं. वडा जोड्ने ज्यामिरे र हडियाबीच त्रियुगा नदीमा पक्की पुल नहुँदा वर्षायाममा स्थानीयवासीलाई सास्ति भोक्नु परेको समस्यालाई गम्भिररुपमा लिएको पनि उनले बताए ।
मन्त्री कार्कीले उदयपुरको चिनारीको रुपमा रहेको सगरमाथा विमान स्थलको पनि यथाशिघ्र काम शुरु हुने बताए ।
स्थानीय नागरिकको समस्याप्रति प्रदेश सरकार प्रतिवद्ध रहेको उनले धारणा थियो । फत्तेपुर, शिवाई, हडिया हुँदै गाईघाटसम्मको सडकलाई १२ महिना यातायातका सधानहरु चल्ने बनाइने उनले बताए ।
स्थानीयवासीको हरसमस्याहरुको पहिचान गर्दै प्रदेश सरकार अगाडी बढ्ने उनले बताए । शिक्षाको प्रशंगमा उनले भने, ‘गरिवका छोरा छोरी बालबालिकाहरुको भविश्य शिक्षकहरुको हातमा पूर्ण विश्वाकासाथ रहेकोले कसैले खेलवाड नगर्न मन्त्री कार्कीले सुझाए ।
त्यसैगरी नगर प्रमुख खगेन्द्र राईले शिक्षा क्षेत्रमा नगरपालिकाले धेरै लगानी गरिरहेकोेले ढुक्कसँगले आफ्नो वालबालिकालाई विद्यालय पठाउन अभिभावकहरुलाई आग्रह गरे ।
जसरी विद्यालयलाई पक्की बनाइन्दैछ त्यसैगरी बालवालिकाको भविश्यलाई पनि पक्की बनाइदिन प्रमुख राईले सरोकारवाहरुलाई आग्रह गरेका छन् ।
कार्यक्रममा जिल्ला शिक्षा इकाई कार्यालयका प्रमुख बावुराम पोखरेलले हिजोको भन्दा आज धेरै सुविधासम्पन्न भौतिक संरचनाहरु भएकोले शिक्षा पनि गुणस्तर हुनु पर्ने बताए ।
विद्यालय भने रंगीचंगी छ, तर शिक्षाको गुनस्तर राम्रो भएन भने त्यसको कुनै अर्थ नहुने बताए ।
कार्यक्रममा उप प्रमुख रिताकुमारी चौधरी, नगर शिक्षा शाखाका उप सचिव रामेश्वर कुँवर, नगर सदस्यहरु मनु कार्की, प्रमिला दनुवार र जानुका कुँवर लगायतको उपस्थिती रहेको थियो ।