बेल्टार/फागुन २९। “समृद्ध नेपालका लागि स्वास्थ, कर्मठ र उद्यमी युवा” भन्ने मूल नाराकासाथ सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशिलता तथा वित्तिय साक्षरता तालिम समापन भएको छ ।
चौदण्डीगढी नगरपालिकाको सिटी हलमा आयोजित तालिम गत २३ देखि एक हप्तासम्म सञ्चालन भइ शनिबार समापन भएको हो ।
उक्त तालिममा ३ र ४ नं. को वडाबाहेक सबै वडाका २८ जना महिला/पुरुष सहभागी थिए । तालिमको सहजीकरण राष्ट्रिय युवा परिषदका तर्पmबाट प्रमुख प्रशिक्षकमा दिलिप थापा, छविलाल चुडाल र जयदुर्गा बुढाथोकी रहेका थिए ।
तालिममा व्यवसायी व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षीत गरिएको रोजगार कार्यक्रमका संयोजक अर्जुन बस्नेतले जानकारी दिए । तालिममा सहभागी प्रशिक्षीर्थीह सहभागीहरुलाई नगर प्रमुख राई र उप प्रमुख चौधरीले प्रमाणपत्र प्रदान गरेका छन् ।
स्वरोजगार कोषसंग नगरपालिकाले सम्झौता गरेमा प्रशिक्षार्थीहरुले नगरपालिकाको जमानतमा विना धितो १० लाख रुपैयासम्म वैंक मार्पmत व्यवसायी कर्जा प्राप्त गर्न सक्ने छन् ।
तालिम राष्ट्रिय वाणिज्य वैंकको सहकार्य र चौदण्डीगढी नगरपालिका÷नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद सानोठिमी, भक्तपुरको आयोजनामा भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्यको सभापतित्वमा समापन कार्यक्रममा नगर प्रमुख खगेन्द्र राई, उप प्रमुख रिताकुमारी चौधरी, शिक्षा तथा युवा शाखाका उप सचिव रामेश्वर कुवर लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम तालिमका संयोजक बस्नेतले सञ्चालन गरेका थिए ।