वेलका/वैशाख २४। उदयपुरको वेलका नगरपालिकामा किरात राई सांस्कृतिक कलाकार संघ गठन भएको छ ।
सोमबार भएको कार्यक्रममा विवेक राईको अध्यक्षतामा ९ सदस्यीय रहनेगरी नगर कार्य समिति सर्वसम्मत चयन भएको हो ।
समितिको उपाध्यक्षमा चादनी राई सचिवमा बद्रीविक्रम राई र कोषाध्यक्षमा भने वृहस्पति राई (मिन्युङ) लाई चयन गरिएको छ ।
समितिको सदस्यहरुमा वर्षा राई, भिषण राई, मिलन राई, सुनिता राई र अक्ष्मी राई रहेका छन ।
किरात राई यायोक्खाका संघीय सदस्य मनि राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सदस्य प्रमोदजंग राई, जिल्ला सचिव सुरेन्द्र राई, दक्षिण कोरिया तथा संचार उद्यमि महेन्द्र राई, किराया चौदण्डीगढी नगर समितिका अध्यक्ष शशिचन्द्र राई, सदस्य प्रेमजंग किराती, किरात राई सांस्कृतिक कलाकार संगका कार्यबाहक अध्यक्ष संरक्षक राई त्यसैगरी किरात राई विध्यार्थी संघका संस्थापक जिल्ला अध्यक्ष अर्जुन दुङमेन किराया नगर समितिका सल्लाहकार देविराज राई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम संरक्षक राईको अध्यक्षता र कविता राईको सञ्चालनमा समापन भएको थियो ।