काठमाडा/वैशाख २१ । गायिका अन्जु श्रेष्ठको आवाजमा रहेको नयाँ गीत ‘खोला जस्तो जिन्दगी’ सार्वजनिक भएको छ । शिव पलासको शब्द रहेको गीतमा टिका दाहालको संगीत रहेको छ ।
आफ्नो बुवाको सम्झनामा गायिका श्रेष्ठले नयाँ गीत ल्याएकी हुन् । गायिका बनेको हेर्ने सपना बोकेका बवाको सपना पुरा नहुँदै निधन भएपछी उनको अधुरो सपना पुरा गर्न गायिका श्रेष्ठ गायनमा सक्रिय रहेकी छिन् । भिडियोमा उनले आफ्ना बुवाको अधुरो सपना पुरा गरेकी छिन् ।
राजेश पुमा राईको निर्देशनमा तयार भएको भिडियोमा गायिका श्रेष्ठको साथमा जीवन भट्टराई र स्नेहा भट्टराईको अभिनय रहेको छ । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।