बेल्टार/असोज ३। सातौं संविधान दिवसका अवसरमा चौदण्डीगढीमा आइतबार साँझ दीप प्रज्वलन गरिएको छ ।
चौदण्डीगढी नगरपालिका वडा नं. ७ स्थित वीपी चोकमा नेपाली कांग्रेसले दीप प्रज्वलन गरेको हो ।
नागरिकका प्रतिनिधिद्वारा निर्माण गरी संविधानसभाबाट जारी भएको नेपालको नयाँ संविधानलाई विश्वकै उत्कृष्ट संविधानकारुपमा रहेको भनी ख्याख्या र विश्लेषण गरिएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्ष, समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गरेको छ ।
जनताको हितका खातिर संविधानमा मौलिक हकका रुपमा अनेकौँ प्रावधान राखिएको छ । नेपालको संविधानले मुलुकमा सङ्घ, प्रदेश र स्थानीय तहको राज्यसमयन्त्र सुनिश्चिता गरेको छ ।
निर्वाचनका माध्यमद्वारा तीन तहका सरकार कार्यान्वयनमा गएसँगै जनताले सिंहदरबारको अधिकार घरदैलोबाटै प्राप्त गरेको अनुभूति गरिरहेका छन् ।
यद्यपि मुलुकमा दलबीचका सत्तास्वार्थका कारण यसपटक संविधान दिवस मनाइरहँदा सार्वभौम सम्पन्न जनताको प्रतिनिधिमूलक संस्था संसद् भने अवरोधको स्थितिमा छ ।
नेकपा (एमाले )भित्रको आन्तरिक घर झगडा र विवादले मुलुकमा नयाँ सरकार गठन गर्न पर्ने स्थिति निम्त्याएको हो ।
दीप प्रज्वलन कार्यक्रममा चौदण्डीगढीका नगर प्रमुख खगेन्द्र राई,नगर स्वास्थ्य शाखाका उप संयाेजक तेजबहादुर पाेखरेल, पार्टीका क्षत्रीय सभापति भोजराज खतिवडा, नगर सभापति राजेन्द्र पौडेल, सिता राई, जीतमा राइ, केशव आले, शुनिल राउत (दिपक) दिपेन्द्र वान्तावा, विशाल गेलाल, विवस राई लगायतको उपस्थिती रहेको थियो ।