बेल्टार/जेठ ३१। बा ४ ख ८६४३ नं. को न्यू एञ्जल बसको सिसा फुटाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
एञ्जल बसकाे सिसा फुटाएको आरोपमा त्रियुगा नगरपालिका वडा नं. ६ जलजलेका १७ वर्षीय प्रवेश दाहाललाई सोमबार विहान प्रहरीले पक्राउ गरेको हो ।
जलजलेमा पार्किङ गरिराखेको बसको पछाडीको सिसामा गए राती ढुंगा हानी क्षति पु¥याइएको हो ।
दाहाललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकृत वेदप्रशाख गौतमले जानकारी दिएको छ ।