बेल्टार/ वैशाख २। शिक्षा क्षेत्रलाई सुधार गर्छु भन्दै आएका चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामा अन्ततः आफ्नो भनाइलाई सार्थक बनाउँन भने चुकेका छन् ।
त्यसको ज्वालनत उदाहरण हो, गत चैत ४ गतेदेखी १० गतेसम्म सञ्चालन भएको कक्षा ८ को नगर स्तरीय परीक्षा ।
उक्त परीक्षामा ८ वटा विद्यालयको नतिजा त लज्जास्पद नै हुनेगरी शून्य भएको छ । कहिले विद्यालयहरु मर्ज गरेर त कहिले विद्यार्थीहरुबाट शुल्क उठाउने त कहिले आपूm खुसी शिक्षक÷शिक्षिकाहरुलाई सरुवा गर्ने जस्ता कार्यले आलोचित हुँदै आएका प्रमुख लामा यसपटकको कक्षा ८ को परीक्षा नतिजाले झन लज्जास्पद बनाएको छ ।
यसरी शून्य नतिजा ल्याउने विद्यालयहरुमा १ नं. वडाको गडन्ता स्थित आरधारभूत विद्यालयको परीक्षार्थीको संख्या १७ जना, ४ नं. वडाको जनज्योति आधारभूत विद्यालय अमलचौरीमा १५ जना,र जनता आदर्श माध्यामिक विद्यालय कालिखोलामा ४२ जना, ५ नं. वडा स्थित आधारभूत विद्यालय बेल्हा १७ जना, ७ नं. वडाको सगरमाथा आधारभूत विद्यालय भुल्केमा १५ जना, र श्रीपञ्चमी आधारभूत विद्यालय बेल्टारमा १५ जना, त्यसैगरी ८ नं. वडाको शारदा आधारभूत विद्यालय सिद्धिपुरमा १३ जना, र १० नं. वडाको जनविकास माध्यामिक विद्यालय भिमामा ८ जना थिए ।
त्यसैगरी १ जनामात्र पास हुने विद्यालयहरुमा ४ नं. वडाको जाल्पा जन मावि अजिंगरेमा २१ जनामा १ जना र महादेवश्वर आवि बसाहा ११ जनामा १ जना, ६ नं. वडाको सिर्वानी स्थित कालिका माविमा ३२ जनामा १ जना, नारद आर्दश मावि वर्षेडाँडाबाट ४२ जनामा १ जनाले मात्र उत्तिर्ण गरेका छन् । त्यसैगरी, ५ नं. वडा सुन्दरपुर स्थित शिव माविबाट २८ जनामा २ जना पास, ४ नं. वडाको भोर्लेनी स्थित सगरमाथा आविबाट १५ जनाबाट ४ जना, ३ नं. वडाको मावि आमसालबाट ३८ जनामध्ये ७ जनामात्र पास भएका छन् ।
१० नं. वडाको वुदुरलाल विद्या निकेतन हडियाबाट ९ जनामध्ये ७ जनाले पास गरेका छन् । ९ नं. वडाको थानपोखरी माविबाट २४ जनामध्ये ८ जना, ५ नं. वडाको मावि सिवाईबाट ५१ जनामध्ये ८ जना, ८ नं. वडाको सरस्वती मावि सावाबाट १८ जनामध्ये ८ जना त्यस्तै १० नं. वडाको भिमसेन आदर्श आवि देवधारबाट २० जनामध्ये ८ जना, २ नं. वडाको कौवेदेवी आवि झोडापाटाबाट १० जनामध्ये ९ नजा र सिंहदेवी मावि माडिवासबाट २६ जनामध्ये १२ जना, १ नं.वडाको शारदा मावि कटहरे १३ जनामध्ये ९ जना, ९ नं. वडाको सिद्धेश्वरी मावि मुसहरनीया हडियाबाट २८ जनामध्ये ११ जना र भगवती माविबाट २४ जनाबाट २२ जना, १० नं. वडाको लौवागढी खैराहाझोडाबाट १८ जनामा १७ जना, ज्योति मावि बेल्टारबाट १सय तीन जनामध्ये २२ जना र जनता मावि हडियाबाट ९५ जनामध्ये ६८ जनाले उत्तिर्ण गरेका छन् ।
तर परीक्षाको नतिजा निकै लज्जास्पद भएपछि पुनः नगर शिक्षा समितिले ग्रेड वृद्धीको लागि पुरक परीक्षा सञ्चालन गर्ने चैत २६ गते नै निर्णय गरेको छ ।
बैठकले एनजी (नन ग्रेडिङ्ग) ल्याएका विद्यार्थीहरुका लागि यसपटक मात्र ग्रेड वृद्धी परीक्षामा सहभागी हुने मौका दिने निर्णय गर्दै आगामी वैशाख ३ गतेभित्रमा विद्यार्थीहरुको विवरण शाखामा उपलब्ध गराउन विद्यालयहरुलाई आग्रह गरेको छ ।
त्यसो त पुरक परीक्षा सञ्चालन गर्ने निर्णय शिक्षा ऐन अन्तर्गत नै निर्णय भएको शिक्षा शाखाका प्रमुख रामेश्वर कुँवरले जानकारी दिए ।
१४ वटा केन्द्रमा सञ्चालन गरेको कक्षा ८ को परीक्षामा सामुदायिक विद्यालय २९ र संस्थागत निजि विद्यालय १३ वटागरी जम्मा ४२ विद्यालयका ९ सय ८१ जना परीक्षार्थी सहभागी थिए ।
जसमध्ये संस्थागत विद्यालयका २ सय ८ जनामध्ये १ सय ४९ जना, ७१.६३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए, भने सामुदायिक विद्यालयका ७ सय ७३ जनामध्ये २ सय ३२ जनागरी कूल ३०.०१ प्रतिशत विद्यार्थी मात्र उत्तिर्ण भएका छन् ।
यसपटक शिक्षा शाखाले परिक्षा समाप्त भए लगतै सम्बन्धित विषयका शिक्षकलाई बोलाएर उत्तर पुस्तिका परीक्षण गर्न लगाएर उनीहरुले प्राप्त गरेको अंक तत्काल केन्द्रबाट सञ्चालित शिक्षा तथा मानव विकास श्रोत केन्द्रको अनलाईन प्रणलीमा (क्ष्भ्ःक्ष्क्) मा समावेश गर्ने काम गरेको थियो ।
शिक्षा शाखा प्रमुख रामेश्वर कुवँरका अनुसार चैत्र १० गते परीक्षा सकिएकोमा चैत्र १२ गतेसम्ममा सबै परीक्षार्थीको उत्तर पुस्तिका परिक्षण गरी (क्ष्भ्ःक्ष्क्) प्रणलीमा अंक समावेश गर्ने काम सम्पन्न भएको जानकारी दिएका छन् ।
केहीदिन अघिमात्र सम्बन्धित विद्यालयलाई कक्षा ८ को नतिजा उपलब्ध गराएको शिक्षा शाखाले अधिकांश विद्यालयको नतिजा सन्तोषजनक नरहेको बताएको थियो ।
यसपटको परीक्षामा निजि विद्यालयहरुको समेत परिणाम सन्तोषजनक नरहेको सञ्चालकहरुले बताएका छन् ।
यसपटकको नगर स्तरीय कक्षा ८ को परिक्षाको नतिजामा केही विद्यालयका सबै परिक्षार्थी अनुउत्तिर्ण भएपछि कक्षा ९ मा पढ्ने विद्यार्थी नै नहुने अवस्था आएको छ ।
विद्यालयहरुले २ विषय लागेका विद्यार्थीहरुका लागि पुरक परीक्षाको माग भएपछि शिक्षा शाखाले (एनजी) ल्याएर अनुत्तिर्ण भएका सबै विषयमा नै पुरक परीक्षा लिने निर्णय भएपछि विद्यालयहलाई भने राहत मिलेको छ ।