बेल्टार/जेठ २७। विद्युतीय करेन्ट लागेर एक जनाको निधन भएको छ । निधन हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–९ राजावासका ५४ वर्षीय जगदिस पोखरेलको करेन्ट लागी निधन भएको हो ।
आफ्नो मकै बाली नष्ट गर्न आउने जंगली बँदेललाई थापेको विद्युतीय पासोलाई आज (विहिबार) विहान ५ बजे हटाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागी तत्काल उपचारको लागि जिल्ला अस्पताल गाईघाटमा लगी उपचारको क्रममा विहान ६ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय गाईघाटले जनाएको छ ।