बेल्टार/बैशाख २१। हराएको १० दिन वितिसक्दा पनि एक युवक फेला पर्न सकेको छैन । गत ११ गते चौदण्डीगढी नगरपालिका वडा नं. ७ वीपी चोक स्थित आफ्नै आफन्तको घरबाट अचानक हराएका १७ वर्षीय प्रफुल राईलाई आफन्तले खाेजतलास गर्दासम्म अझै नभेटिएको हो ।
इलका प्रहरी कार्यालय बेल्टारमासमेत खोजतलासको लागि निवेदन दिए पनि समस्यकाे समाधान नभएकाे परिवारहरू बताउँछन् । तर यतिका दिनसम्म आफन्तले सारासंसार खोजतलास गर्दासम्म फेला पार्न सकेका छैनन् ।
बुवा प्रलाद र आ मा फूलमाया राईकाे एक्लाे छाेराे काठमाण्डौको एक विद्यालयमा कक्षा ११ मा अध्यायनरत विद्यार्थी हुन् । केही महिना मात्र बेल्टार आएका उनी दुर्व्यसनका सामान्य पीडित थिए । हामीले सुधार केन्द्र लाने भन्दा भन्दै एक्कासी हरायो उनका आफन्त पारस राईले बताए ।
खोजतलासको लागि परिवारजनल सबै समक्ष आग्रह गरेका छन् । कही कतै कसैले देखेको, भेटेको भए सम्पर्क नं. ९८१८४३०९९८ मा सम्पर्क गर्न या नजिकको प्रहरी चौकीमा खबर गरिदिन परिवारले अनुरोध गरेका छन्।