बेल्टार/चैत १३। सुन्दरपुर व्याडमिन्टन क्लवको आयोजनामा आज (शुक्रबार) चौदण्डीगढी नगर स्तरीय मेन्स सिङ्गल ¥याङ्किङ तथा मेन्स÷भेन्ट्रान्स डवल आमन्त्रित व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।
चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थित सुन्दरपुरमा आयाजित प्रतियोगिताको नगर प्रमुख खगेन्द्र राई र उपप्रमुख रिताकुमारी चौधरीले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
प्रतियोगिताको उद्घाटनमा गर्दै नगर प्रमुख राईले जुनसुकै अवस्थामा पनि आगामी वर्षमा कवर्ड हल निर्माण गर्ने प्रतिवद्धता जनाए ।
वडाध्यक्ष देवनारायण चौधरीले नगरपालिकामा हुने व्याडमिन्टन प्रतियोगिताको लागि एउटै खेलाडीले जितिरहने अशोभनिय भएकोले मेयर र उप मेयर कप विजेताहरुलाई अन्तर स्तरीय प्रतियोगिताहरुमा सहभागी गराउँन प्रोत्साहन गर्नु पर्ने बताए ।
१५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सिङ्गलतर्पm २४, डवलतर्पm ४० र बढी उमेर समूह (भेन्ट्रान्स) तर्पm १६ समूहको सभागि हुने आयोजक समितिका संयोजक खेमराज धमलाले जानकारी दिए ।
खेलमा विजयी हुने समूहले सिङ्गल र डवलतर्पm प्रथम, द्धितिय र तृत्तिय विजेताले १५ हजार, १० हजार र ६ हजार रुपैयाँ, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्न सक्ने छन् भने भेन्ट्रान्स समूहका विजयी खेलाडीहरुले प्रथम, द्धितिय र तृत्तिय हुनेले क्रमश, १० हजार, ७ हजार र ४ हजार नगद र अन्य प्रमाण पत्रहरुद्वारा पुरस्कृत हुने छन् ।
प्रतियोगिता उद्घाटन खेल सुन्दरपुरको खेलमैदानमै भएपनि बाँकी प्रतियोगिता हावाहुरी चल्ने भएकोले भोलिदेखि बेल्टारको कवर्ड हलमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
खेल संयोजक धमलाको स्वागत मनतव्यबाट शुरुभएको खेलमा उप प्रमुख चौधरी, १ नं. वडाध्यक्ष रोहितमान तामाङ, नगरसदस्य देवी कार्की,
नगर खेलकुद विकास समितिका अध्यक्ष/सचिव शशिचन्द्र राई र भाष्कर चौधरी, नगर व्याडमिन्टनसंघका संयोजक देवीराज राई, व्याडमिन्टन खेलका अन्तराष्ट्रिय खेलाडी सन्तोष कटवाल, नगरपालिका स्वरोजगार कार्यक्रममा संयोजक अर्जुन बस्नेत लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम जनक कार्कीको सञ्चालन र तुलसी ढकालको सभापतित्वमा समापन भएको छ ।