व्याडमिन्टनमा चौदण्डीगढीलाई तेस्रो स्थान

बेल्टार/फागुन २४। गत १९ देखि २२ गतेसम्म भोजपुरको रामप्रशाद राई गाउँपालिकामा भएको १ नं. प्रदेश स्तरीय अन्डर सेभेन्टिन ब्याड्मिन्टन प्रतियोगितामा चौदण्डीगढीले तेस्रो स्थान हासिल गरेको छ ।

१७ वर्ष मुनीको खुल्ला प्रतियोगीतामा चौदण्डीगढीका खेलाडीले तेस्रो स्थान हासिल गरेका हुन् ।

विजयी खेलाडीहरुले नगद, ट्रफ्री र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा विनय चौधरी, रोजी राई र स्मृति राईले तेस्रो स्थान हाँसिल गरेका हुन् । उनीहरुले चौदण्डीगढी नगरपालिकाको तर्फबाट सहभागी भएका खेलाडीहरु हुन् ।

खेलाडीहरुले जिल्ला बाहिर प्रदेश स्तरको प्रतियोगितामा पहिलो पटक भाग लिएका नगर व्याडमिन्टन संघका संयोजक देवीराज राईले बताए ।

प्रतियोगीताको पहिलो चरणमै चौदण्डीगढीका खेलाडीहरुले सफलता प्राप्त गरेको संयोजक राई बताउँछन् । सो खेलमा चौदण्डीगढीको तर्फबाट ११ जना खेलाडीले भाग लिएका मध्ये तीनजनाले मात्र सफलता पाएका हुन् ।

व्याड्मिन्टनमा प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाको आर्थिक सहयोगमा खेलाडीले सहभागीता जनाएको नगर संयोजक राईले जानकारी दिएका छन् भने खेलाडीहरू पनि गृह नगर अाइपुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *