वडाध्यक्ष राईको शल्यक्रिया सफल

बेल्टार/भदौ २। चौदण्डीगढी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष कमलध्वज राईको खुट्टाको शल्यक्रिया (अप्रेशन) सफल भएको छ ।

हिजो (मंगलबार) मोटरसाइकल दुर्घटनामा दाहिने खुट्टाको पाँच वटै औलाहरु भाँचिएपछि बुधबार दिउँसो १ बजे धरान स्थित विजयपुर अस्पतालमा शल्यक्रिया गरिएको हो ।

तीन घण्टासम्मकाे लामाे प्रयासपछि उनकाे शल्यक्रिया सफल भएकाे उनका भाइ रूक्साल राइले जानकारी दिए ।

अप्रेशन हुन अगाडीकाे वडाध्यक्ष राइकाे स्वास्थ्य अवस्था

सातधारे स्थित घरबाट ९ः३० बजेको समयमा आफ्नो वडा कार्यालय सिर्वानी जानेक्रममा मोटरसाइकल दुर्घटनामा दाहिने खुट्टामा गम्भिर चोट लागेको थियो ।

मदन भण्डारी लोकमार्ग अन्तर्गतको सातधारे र बेल्टारबीचको द्धारखोला पुल नजिक विपरित दिशाबाट आएको एक मोटरसाईकलले वडाध्यक्ष राइकाे मोटरसाईकललाई ठक्कर दिएको थियो ।

वडाध्यक्ष राइकाे स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका स्थानीय शुभेच्छुकहरू क्रमश, मनकुमार राइ, रमेश विक र कुमार खड्का

दुर्घटना लगत्तै उपचारको लागि गाईघाट लगिएपनि त्यहाँ सम्भव नभएपछि तुरुन्तै वडाध्यक्ष राईलाई थप उपचारको लागि धरान पठाइएको थियो ।

वडाध्यक्ष राईको अन्य स्वास्थ्य अवस्था भने सामान्य रहेको बुधबार उनको अवस्था बुझेर फर्केका स्थानीय निर्माण व्यवसायी मनकुमार राईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *