दिपेन्द्र वान्तावा,
बेल्टार/माघ ६। ‘आजका किशोर किशोरी देशका कर्णधार, यिनीहरुको सक्षमता नै समुन्नतीको आधार’ भन्ने मूल नारालाई अंगीकार गरेको सगरमाथा टिन्स क्लव (एसटिसी) ‘म अघि बढ्छु’ कार्यक्रमको अन्तरक्रियाको आयोजना गरिएको छ ।
चौदण्डीगढी नगरपालिका ६ नं. वडा बेल्टार बसपार्क स्थित चौदण्डी दरबार पार्टी प्यालेसमा एक दिने गोष्ठिको आयोजना गरिएको हो ।
दिगो शान्ति, सु शासन विकास र सम्बृद्धिको परिकल्पनाकासाथ समतामुलक, सम्य समाज निर्माण गर्ने मुख्य उदेश्यले उक्त क्लवको गत वर्ष स्थापना गरिएको थियो ।
विशेषगरी आम अभिभावकका बालबालिकाहरु १३ वर्षको उमेर समूहका विभिन्न विकृतिमा संलग्न हुने एक तथ्यांकले देखाएकोले १३ वर्षदेखि १९ वर्षसम्मका किशोर किशोरीहरुलाई सचेत गर्नको लागि यो संस्थाको स्थापना गरिएको हो ।
तुलसी चौलागाईको प्रमुख सहजीकरण रहेको अन्तरत्रृmयामा उदयपुरका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, जिल्ला प्रहरी कार्यालय
उदयपुरका प्रहरी उपरीक्षक भिमप्रशाद दाहाल, सशस्त्र प्रहरी वल उदयपुरका प्रमुख सुधिर सुर्खेती, त्यसैगरी विभिन्न विद्यालयका प्रधानाध्यापक लगायतका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम चौदण्डीगढी नगरपालिकाकी उप प्रमुख रिताकुमारी चौधरीको स्वागत मनतव्यबाट शुरु भएको कार्यक्रमको अध्यक्षता नगर प्रमुख खगेन्द्र राईले गरेको थियो भने सञ्चालन सोनम राईको रहेको थियो ।