बेल्टार/जेठ ३१। कोरोना संक्रमणलाई रोकथाम गर्ने उदेश्यले एक वित्तिय संस्थाले स्वास्थ्य सामग्री वितरण गरेको छ ।
चौदण्डीगढी नगरपालिका वडा नं. ६ बेल्टार स्थित सञ्चालित महुली लघु वित्त वित्तिय संस्थाले सोमबार सम्वन्धीत कार्यालयमै पुगेर सेनीटाईजर र मास्क वितरण गरेको हो ।
संस्थाले स्थानीय गढीखबर राष्ट्रिय दैनिक पत्रिकाको मुख्य कार्यालय बेल्टार, इलाका प्रहरी कार्यालय बेल्टार र कोभिड अस्पताल सातधारेलाई संस्थाका शाखा प्रवन्धक टाकबहादुर राईले सामग्री वितरण गरेका हुन् ।
आवश्यताकालाई मध्ये नजर गर्दै अन्य संस्थाहरुमा पनि सामग्री वितरण गरिने प्रवन्धक टाकबहाुदुर राईले जानकारी दिए । उक्त संस्था विगत लामो समयदेखि बेल्टार क्षेत्रमा नागरिकहरुलाई सेवा दिँदै आएको पनि उनले बताए ।