बेल्टार/पुस ७। प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध बेल्टारमा विरोध प्रदर्शन भएको छ ।
आईतबार संघीय संसद विघटन गरेपछि असंवैधानिक कदम भन्दै आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले उनी विरुद्ध प्रदर्शनग गर्न थालेका हुन् ।
यसैक्रममा चौदण्डीगढी नगरपालिकाको प्रमुख व्यपारिक केन्द्र बेल्टार बजारमासमेत ओली विरुद्ध सोमबार विरोध प्रदर्शन गरिएको छ ।
अनेरास्ववियु चौदण्डीगढी नगर समिति तथा राष्ट्रिय युवा संघ चौदण्डीगढीले आयोजना गरेको कार्यक्रममा वडाध्यक्षहरु सन्तोष सुवेदी देवनारायण चौधरी र कमलध्वज राई लगायत स्थानीय नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
संसद विघटनपश्चात चौतर्फी नाराजुलुस हुँदै आएको छ । सो कदम विरुद्ध जिल्ला स्थित गाईघाटमा पनि आईतबार विरोध जुलुस प्रदर्शन गर्दै ओली विरुद्ध चर्काे नारसाजुलु गएिको छ ।