फरार महिला प्रतिवादी पक्राउ

बेल्टार/पुस २१। जिल्ला अदालत उदयपुरले बहु विवाहको मुद्धामा सजाय सुनाईएकी एक महिला प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ६ की ३१ वर्षीया यसोमतिकुमारी चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बहु विवाहकाे अभियाेगमा ०७६ माघ २ गतेको जिल्ला अदालत उदयपुरको पैmसलाले ११ महिना ५ दिन कैद र १० हजार जरीवाना सुनाएको थियोे ।

जिल्ला प्रहरी कार्यालयको विशेष प्रहरीको टोलीले पक्राउ लगत्तै पैmसला कार्यान्वयनको लागि जिल्ला अदालत उदयपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *