प्रदेश सरकारले विश्वासको मत प्राप्त गर्छ ः राज्यमन्त्री अधिकारी

बेल्टार/कात्तिक १२। १ नं. प्रदेश सरकार फेरबदल हुने चर्चा चलिरहेकाे आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लिलाबल्लव अधिकारीले प्रदेश सरकारले विश्वासको मत प्राप्त गर्ने बताएका छन् ।

शुक्रबार उदयपुरमा आयोजित पत्रकार आचार संहिता सम्बन्धी अन्तरक्रिया कार्याक्रमलाई सम्वोधन गर्नेक्रममा राज्यमन्त्री अधिकारीले सो कुरा बताएका हुन् ।

सत्ता र शक्तिको भर नहुने भन्दै कहिलेकाही आपैmले सोचेभन्दा परिस्थिती फरक हुने उनको धारणा थियो ।

ढुक्क रहनुहोस् यो सरकारलाई कसैको शक्तिले फेरबदल गर्न नसक्दैन उनले भने । फेरबदल भएपनि त्यो सरकारले पनि पुनः विश्वासको मत लिनु पर्ने प्रावधान छ, त्यही प्रावधान अनुसार उक्त समयमा पनि नेकपा एमालेकै बहुमतको सरकार बन्छ उनले भने ।

 

ठूलठूला उद्योगी व्यवसायीहरुको मानमर्यादा प्रतिष्ठा भन्दा कलमजीवीहरुको मानमर्यादा विश्वले मानेको उनको भनाई थियो ।

कार्यक्रममा राज्यमन्त्रीले विश्वको आधुनिक हातहतियार भन्दा पनि सञ्चारकर्मीको कमल नै शक्तिशाली हुने भएको राज्यमन्त्री अधकिारीले बताए ।

राष्ट्रको चौथो अंग भनिएकाले नागरिक र राष्ट्रलाई केन्द्रमा राखेर पत्रकारीतालाई विश्वासिलो बनाउन उनले आग्रहसमेत गरे ।

प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले प्रतिष्ठान पत्रकारहरुको हकहितकै निम्ति स्थापना गरिएको बताए ।

पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नु र कहिकतै अपठ्यारा विषयमा पत्रकारहरुलाई ५० हजार रुपैयासम्म आर्थिक सहयोग गर्न सकिने निर्देशक शर्माले बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार कौशल चेम्जोङले कार्यपत्र प्रतुस्त गरेको थियो । कार्यपत्रमाथि पूर्व महासंघ अध्यक्ष महेश्वर चाम्लिङले टिपनी गरेका थिए ।

आचरसंहिता विषयमा प्रस्तुत गरिएको वुद्धाहरुमा पत्रकार चाम्लिङ जबसम्म दलीय पत्रकारीताबाट टाढा रहिन्दैन तबसम्म आचरसंहिताले महत्व नराख्ने धारणा राखे ।

कार्यक्रममा महासंघका पूर्व प्रदेश सचिव हरीकुमार राई पनि आफ्नो धारणा राखेका थिए । कार्यक्रममा प्रदेश संसद अम्विका थापा, प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादव लगायतको उपस्थिती रहेको थियो ।

प्रादेशिक सञ्चार प्रतिष्ठान विराटनगद्वारा  आयाेजित  कार्यक्रम नेपाल पत्रकार महासंघका उदयपुर अध्यक्ष भरत खड्काको अध्यक्षतामा समापन भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *