चौदण्डीगढी/ कार्तिक ९। उदयपुरको चौदण्डीगढीमा पनि नेपाल संवत् ११४३ को अवसरमा शुभकामना आदन- प्रादान कार्यक्रमको आयोजना गरिएको छ ।
आज बुधवार नेवा: देय दवू चौदण्डीगढीद्वारा आयोजित कार्यक्रममा सरोकारवालाहरुले शुभकामना आदन- प्रदान गरेका हुन ।
कार्यक्रममा प्रमुख र विशेष अतिथिकोरुपमा आमन्त्रित गरिएका नगर प्रमुख कालुमान लामा र मणिकादेवी दुलाल अनुपस्थित भएपछि अन्य अतिथिले उनिहरुको चर्को आलोचना गरेका छन ।
शुभकामना व्यक्त गर्नेक्रममा चौदण्डीगढी उद्योग वाणिज्य संघ बेल्टारका अध्यक्ष कुमार ल्वागुनले आदिवासी जनजातिको विशेष कार्यक्रममा अनुपस्थित हुनु भनेको हेपासी भएको बताए ।
उनले भने, “मेयर जनजातिको छोरो भएपनि उनी एमालेको कार्यकर्ता भएको जनजातिको कार्यक्रममा उपस्थित नहुनु भनेको यो कार्यक्रमलाई अपमान गर्नु हो ।”
कार्यक्रममा निवर्तमान नगर प्रमुख खगेन्द्र राईले राम्रो कामको जस आफूले लिने तर नराम्रो कामको दोष अरुलाई देखाउने प्रवृति कसलै पनि गर्नु नहुने बाताए ।
राष्ट्रिय विभूति शंखधर साख्वाले गरेका अझ राम्रा कामहरुको खोजी गर्नु पर्ने बताए ।
कार्यक्रममा ६ र ७ नं. वडाका अध्यक्षहरु अमर खड्का र केशव अधिकारीले नयाँ संवत् नेवार समुदायको मात्र नभएर नेपालकै मौलिक संवात भएको बताए भने उनीहरुले नेवार समुदायको लागि सक्ने आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
त्यस्तै राष्ट्रिय विभूती साख्वाकोबारेमा स्थानीय बौद्धिक ब्याक्तित्व किशोर ताम्राकारले प्रकाश पारेका थिए ।
कार्यक्रममा बौद्धिक व्यक्तित्वहरु नारायणप्रशाद श्रेष्ठ, जनक कार्की, तुलसी वन्जरा, नेवा: देय दवू १ नं. प्रदेशककी स- सचिव शर्मिला श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।
साख्वा काठमाडौका एक ब्यापारी थिए भने उनी समाजसेवी पनि थिए ।
तत्कालिन अवस्थाको कान्तिपुर इलाकामा बस्ने साख्वाले गरीव नेपालीलाई ऋणमुक्त गराएको दावी इतिहासविद्हरुको छ ।
साख्वा काठमाडौको कान्तिपुर इलाछेंमा बस्ने व्यापारी थियो भन्ने लोकोत्ती पाइन्छ ।
त्यस्तै उनले बनाएको चैत्य कंकेश्वरीमा रहेको बताइन्छ ।
नेपाल संवतका प्रवर्तक साख्वालाई नेपाल सरकारले ०५६ मंसिर ३ मा राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
उनले विसंं. ९३६ मा कान्तिपुर र भादगाउँका जनताको सम्पूर्ण ऋण तिरी नेपाल सम्बतको थालनी गरेका थिए।
उनले प्रचलनमा ल्याएको नेपाल सम्बत विसं.१९६० सम्म पनि नेपालको सरकारी कामकजको भाषाका रूपमा प्रयोग गरिन्थ्यो।
तर तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले बिक्रम सम्बतलाई चलनमा ल्याएका थिए। कार्यक्रम गौतम श्रेष्ठको संचालन र रमेश प्रधानको अध्यक्षतामा समापन भएको थियो ।