त्रियुगा नदी नियन्त्रणको लागि २ अर्व बजेट

बेल्टार/माघ २०। उदयपुर जिल्लाका स्थानीयवासीलाई धेरै  सास्ति दिइरहने त्रियुगा नदीको व्यवस्थापन तथा नदी नियन्त्रणको लागि बजेट विनियोजन भएको छ ।

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय काठमाण्डौले बहुवर्षे आयोजना अन्तर्गत ४ वर्षसम्ममा काम सक्नेगरी १ अर्व ९६ करोड रुपैयाँ बजेट विनियोजन भएको हो ।

पूर्व शहरी विकास मन्त्री डा. नारायण खड्का राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएको समयमा गुरुयोजनाको रुपमा १४ अर्वको बजेट पस्ताव गरिएको भएको भएपनि पछि ८ अर्वमा सक्ने गरी (डीपीआर) तयार भइसकेको छ ।

हुन त त्रियुगा नदी नियन्त्रण तथा व्यवस्थापनको लागि गत वर्षको आर्थिक वर्षमा पनि १२ करोडको काम भइसको छ ।

नदी व्यवस्थापनको नाममा जल उत्पन्न कार्यालय लहानबाट पनि यसै चालु आवमा ५ करोडको काम हुन बाँकी रहको आयोजनासंग जानकार बोधराज दाहालले जानकारी दिए ।

उक्त आयोजना अनुसार त्रियुगा नगरपालिका वडा नं. १६ को मुर्कुची सुकौराबाट सप्तकोशीसम्म ७८ किलो मिटर नदीको दुवैपट्टिको किनारामा बाँध निर्माण गरिने छ ।

आयोजनाको लागि नेपाल सरकारको सचिवस्तरीको गत ८ गतेको बैठकद्वारा सो निर्णय भएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय संसद डा. खड्काको पहलमा गत वर्षदेखि आयोजनाले काम गर्दै आएको जानकार दाहाले बताए ।

उक्त आयोजना पुरा भएपछि नदी किनारको वरिपरी स्थानीयको खेती योग्य जग्गाजमिन प्रसस्तमात्रमा पुनः चासभोग गर्न पाउँने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *