बेल्टार/माघ २४। लामो समयको अन्तराल पश्चात चौदण्डीगढीको बेल्टारमा तेस्रो मिनी गोल्टकप नकआउट फुटबल प्रतियोगीता हुने भएको छ ।
‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने राष्ट्रिय नारालाई अंगिकार गर्दै प्रतियोगीता गर्न लागिएको शनिबार चौदण्डीगढी दरबार पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलन मार्फत शनिबार जानकारी गराइएको हो ।
आगामी फागुन १५ गतेदेखि २२ गतेसम्म ७ नं. वडा स्थित रामप्रशाद राई रंगशालामा प्रतियोगीताको आयाेजना गर्न लागिएको हो ।
प्रतियोगीतामा जिल्ला बाहिर मध्येबाट खोटाङ र सुनसरीका दुई समूहले पनि सहभागीता जनाउँने छन् ।
त्यस्तै छिमेकी नगरपालिका बेलकाबाट लालिगुँरास र एकता क्लव, गाईघाटबाट फ्यूजन क्लव वोक्से–११, बसाहा–११ र आयोजक समूहगरी कुल ८ वटा समूहले प्रतियोगीतामा सहभागीता जनाउँने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
प्रतियोगीतमा प्रथम विजेता र उप विजेता समूहले क्रमशः नगद १ लाख र ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण–पत्रद्वारा सम्मान गरिने आयोजकमध्येका सचिव पिटर राईले जानकारी दिए ।
इतिहासमै बेल्टारको खेलजगतमा सबै भन्दा ठूलो पुरस्कारको राशी भएको खेल यसैपटक आयोजना गर्न लागिएको आयोजकहरुले दावी गरेका छन् ।
यस भन्दा अगाडी ०७१ सालमा भुलिमाया स्मृति कपको आयोजना गरिएको थियो । उक्त प्रतियोगीताको प्रथम पुरस्काको राशी ५० हजार रुपैयाँ रहको थियो भने उप विजेतालाई २५ हजार रुपैयाँ नगद पुरस्कार राखिएको थियो ।
उक्त कप पहिले पनि दुई पटक आयोजना गरिसकिएको तर, विभिन्न समस्याका कारण निरन्तरता दिन नसकिएको खेलकुदजगतलाई पुनर्ताजकी दिन लागिएको खेलप्रमीहरुको लागि सन्देश पनि दिन प्रयास रहेको जानकारी दिए ।
स्थानीय सरकारको स्थापनापछि सोही बरावर पुरस्कार राशी भएको मेयर कपको आयोजना पनि दुई पटक भइसको छ । त्यसो त बेल्टार क्षत्रमा सामान्य खशी कप लगायत यति ठूलो पुरस्कार राशी भएको प्रतियोगीता भएको थिएन ।
स्थानीय युवाहरुको धेरै पहिलेदेखिको सोच भएपनि विश्वव्यपी रुपमा रहेको कोरोना महामारीको प्रकोपले उनीहरुको सोचविचारलाई पछाडी धकेलेको उनीहरुले बताए ।
पुराना फुलबल खेलाडी तथा फुटबलकै पूर्व राष्ट्रिय खेलाडी जेवी राईले युवाहरुमाझ खेलकुदको क्षत्रमा पनि सक्रिएता बढाउँन खेलको आयोजना गर्न लागिएको बताए ।
प्रतियोगीताको लागि अनुमानित ८ लाख रुपैयाँ बजेट व्यवस्थापनमा लाग्ने जानकारी दिँदै त्यसको स्रोत शुभचिन्तक संघसंस्था लगायत स्थानीय तहनै भएको सचिव राईले बताए ।
प्रतियोगीताबाट बचेको रकम ७ नं. वडाका स्थानीय बोनम्यारो रोगबाट पीडित लेखकुमार राईको उपचार्थ सहयोग प्रदान गरिने पनि उनले बताए ।
आयोजित पत्रकार सम्मेलनमा खेलप्रेमीहरु क्लवका क्याप्टेन आशिष राई, मेनेजर सागर राई, युवा समाजसेवी ज्ञानेन्द्र प्रधान, राजेन्द्र विद्रोही, गणेश कटवाल, निरज घिसिङ, अञ्जान किराती लगायतको उपस्थिती रहेको थियो ।
पत्रकार सम्मेलनमा भव्यरुपमा सम्पन्न गराउँनका लागि खेलप्रेमी, व्यपारी÷व्यवसायी, विभिन्न संघसंस्था लगायतलाई आग्रह गरिएको छ । आयोजित पत्रकार सम्मेलन युवा समाजसेवी तथा स्थानीय कलाकार प्रेमजङ राईले सञ्चालन गरेका थिए ।