बेल्टार/माघ २५। चौदण्डीगढी नगरपालिका वडा नं. ७ हाङबजार स्थित तीन महिने ढाँका बुनाई तालिमको उद्घाटन भएको छ ।
तालिमको वडाध्यक्ष तेजराज तिम्सिनाले आईतबार विहान उद्घाटन गरेका हुन् ।
विशेषगरी वडामा रहेका महिलाहरुलाई उद्यमशिल बनाउँने उदेश्यले सो तालिमलाई सञ्चालनमा ल्याईएको वडाध्यक्ष तिम्सिनाले बताए ।
चालु आर्थिक वर्षको बजेट १ लाख ८० हजारमध्येको ९० हजारले तालिम सञ्चालन गरिएको हो भने बाँकी ९० हजार रुपैयाँले चाँडैनै
महिलाहरुलाई उद्घोषण तालिम सञ्चालन गरिने महिला सीप तथा क्षमता अभिवृद्धि तालिम समितिकी सल्लाहाकार तथा किरात राई यायोक्खाकी नगर–सह सचिव निर्मला राईले बताइन् ।
अन्य वडाहरु भन्दा यस वडाकी महिलाहरुको हकमा छुट्टै पहिचान गर्न आफु लागि परेको वडाध्यक्ष तिम्सिनाले बताए ।
उनले भने, ‘सीप सिकिसकेपछि त्यतिकै घरैमा नबस्नुहोस् आत्मनिर्भर बन्न सक्ने अवसरको खोजि गर्नुहोस् आवश्यक परे सामान्य समस्यको लागि वडाकोसाथ सहयोग रहेछ ।’
हरेक क्षत्रमा महिलाहरु निपुण हुनु पर्ने बताउँदै तालिमले महिलाको आयआर्जनमा टेवा पुग्ने वडाध्यक्ष तिम्सिनाले बताए ।
राज्यको बजेटबाट सञ्चालन हुने क्षमता अभिवृद्धिका तालिमहरुको सही सदुपयोग गर्न सकेमात्र विनियोजित बजेटले सार्थक्ता तथा अर्थ राख्ने बताउँदै महिला भवनको लागि छुट्टै ५ कट्ठा जग्गा उपलब्ध गराउँनेसमेत प्रतिवद्धता जनाए ।
वडाभरी रहेका कूल १३ वटा टोल विकास संस्थाबाट एक/एक जनाको प्रतिनिधित्व हुनेगरी महिलाहरु तालिममा सहभागी भएका छन् ।
कार्यक्रममा वडा सदस्य उमा परियार, महिला समाजसेवी पार्वती तिम्सिना लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा तारा तिवारीको स्वागत मनतव्यबाट शुरुभएको कार्यक्रम महिला सीप तथा क्षमता अभिवृद्धि समितिकी अध्यक्ष सिता राईको अध्यक्ष र सचिव दुर्गा राईको सञ्चालनमा कार्यक्रम समापन भएको थियो ।