चौदण्डीगढी–८ मा एमाले विजयी

बेल्टार/जेठ ३। उदयपुरको चौदण्डीगढी नगरपालिका–८ को वडाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार भवनाथ मगर विजयी भएका छन् ।

उनले ८ सय ८४ मत प्राप्तगरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धण्द्धी कांग्रेसका गडुडबहादुर विकलाई पराजित गरेका हुन् ।

विकले ८ सय ४६ मत प्राप्त गरेका थिए । दोस्रो खुल्ला सदस्यमा कांग्रेसका हुकुम मगरबाहेक अन्य तीन जना सदस्यमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

विजयी हुने उम्मेदवारहरुमा कविता राई, मेनुका परियार र अरुण मगर रहेका छन् ।

यो जितसँगै चौदण्डीगढीमा नेकपा एमालेले ५ वटा वडामा जित हासिल गरेको छ भने मेयर र उप मेयर पदमा पनि एमालेकै अग्रता कायम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *