बेल्टार/ जेठ १ । उदयपुरको चौदण्डीगढी-२ को वडाध्यक्ष पदमा नेकपा एमालेका हरि खड्काको प्यानल विजयी भएका छन ।
उनले ७ सय २४ मत प्राप्तगरी विजयी भएका हुन । उनक निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका जितमान राईलाई पराजय गरेका हुन । राईले ५ सय ७६ मतमात्र प्राप्त गरेका छन । १ सय ४८ मतान्तरले खडका विजयी भएका हुन ।
विजयी सदस्यहरुमा सुस्मा राई, मेनुका विक, पुरुषोतम विष्ट र रमेश विष्ट विजयी भएको निर्वाचन अधिकृतको कार्यालय बेल्टारले जनाएको छ । त्यस्तै अर्का प्रत्याशी मावोवादी केन्द्रका उम्मेदवार लोकबहादुर मगरले १ सय ५ र स्वतन्त्र उम्मेदवारले ५ सय ७३ मत प्राप्त गरेका छन ।