चौदण्डीगढीमा महाधिवेशनको चहलपहल बढ्यो

बेल्टार/भदौ १४। सत्तारुढदल नेपाली कांग्रेको अासन्न १४ औं महाधिवेशन चौदण्डीगढी नगरपालिकामा चहलपहल निकै बढेको छ ।

पटकपटक सारिएको महाधिवेशनले निरास भएका कार्यकर्ताहरु पुनः महाधिवेशनकाे  मिति  आगामी १८ गते वडाकाे अधिवेशन तोकिएपछि  चहलपल यस क्षत्रमा बढेकाे हाे ।

कार्यकर्ताहरूपनि याे पार्टीकाे कुम्भमेला झै एउटा चाँड हाे भन्दै    निकै उत्साहित भएर आ–आफ्नाे वडा, क्षत्रमा  होमिएका छन् ।

महाधिवेशनले जिल्लादेखि स्थानीय तहको वडाहरुसम्म सरगर्मी शुरु भएको हो । महाधिवेशन नजिकिएकोसँगै आइतबार २ नं. वडाले क्रियाशील भेला गरेको छ ।

झोडापाटा स्थित कौवैदेवी आधारभूत विद्यालयमा भेला भएका क्रियाशील सदस्यहरुमध्ये वडासभापति पद र क्षत्रीय प्रतिनिधिमा मात्र बढी आकांक्षीत देखिएको थियो ।

वडा समितिको सभापति पदका लागि वर्तमान सभापति जीतमान राई, उप सभापति देवबहादुर थापा र वंशबहादुर खड्काले आकांक्षा देखाएका छन् ।

समितिमा उपाध्यक्षमा लालमणि परियार, महिला उपाध्यक्षमा जयन्ती खड्का सचिवमा राधा रानाको नाम प्रस्ताव भएका छन् भने अन्य पदमा आकांक्षीत देखिएन ।

तर क्षत्रीय प्रतिनिधिमा भने २२ जनाले नाम टिपाएका छन् । नयाँ पुरानागरी १ सय १९ जना क्रियाशील मध्ये आइतबारको भेलामा ४५ जनाको मात्र सहभागी रहेपछि अर्को भेला १६ गते माडिवास स्थित देवबहादुर थापाको घरमा हुनेगरी भेला सम्पन्न भएको थियो ।

त्यस्तै अन्य वडाहरुमा पनि यसैगरी छलफल र अन्तरकृयाहरु भइरहेको वडासभापतिहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *