चौदण्डीगढीमा प्रदेश स्तरीय ह्याण्डबल प्रतियोगिता उद्घाटन

बेल्टार/फागुन १०। चौदण्डीगढी नगरपालिका–६ स्थित समावेशी लाईनमा प्रदेह स्तरीय ह्याण्डबल प्रतियोगिताको उद्घाटन भएको छ ।

‘प्रथम चौदण्डीगढी खेलकुद महोत्सव’ अन्तर्गत मंगलबार सो प्रतियोगिताको नगर प्रमुख खगेन्द्र राईले उद्घाघाटन गरेका हुन् ।

खेल जगतबाट युवाहरुको भविश्य उज्वल हुने भएकोले खेलकुदमा युवाहरुको रुची बढाउँन र अनुशासित भएर आफ्नो खेल प्रदर्शन गर्न नगर प्रमुख राईले आग्रह गरे ।

खेलको माध्यामबाट आफ्नो नामसँगै आफ्नोे क्षेत्र र अन्तराष्ट्रिय जगतमै देशलाई चिनाउने ठूलो भूमिका रहने उनले बताए ।

त्यस्तै ६ नं. वडाका अध्यक्ष कमलध्वज राईले स्थानीय तहले अहिलेसम्म भौतिक निमार्णमा मात्र जोड दिएकोले खेलजगतबाट युवाहरु पछि परेको उनको धारणा थियो ।

विकास निर्माणलाई बाहेक अन्य क्षेत्रमा स्थानीय सरकारले चासो नदिएको उनको भनाइ थियो ।

मंगलबार भएको लिग चरणको खेलमा मोरङ, र उदयपुर ‘ए’ समूह छनोट भएको उदयपुर ह्याण्डबल संघका अध्यक्ष विदुर राईले जानकारी दिए ।

प्रतियोगितामा पुरुषको ५ समूह र महिलाको ३ समूहले सहभागिता जनाएका छन् । उद्घाटन कार्यक्रममा महिला अधिकारकर्मी कान्ता राई, शिक्षक जनक कार्की, प्रदेश नं. १

का खेलकुद विकास वोर्डका सदस्य शम्भू पौडेलले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा उप प्रमुख रिताकुमारी चौधरी, वडाध्यक्षहरु गडुलमान विक, रामकुमार

खड्का, नगर कार्यपालिका सदस्यहरु प्रमिला दनुवार र जानुका कुँवर, ह्याण्डबल संघका केन्द्रीय प्रशिक्षक विन्दा थापा, उद्योग वाणिज्य संघका चौदण्डीगढी नगर अध्यक्ष पवन

कार्की, नेकपा माअाेवादी केन्द्रकी चाैदण्डीगढी नगर समितिकी उपाध्यक्ष गिता थापा, सह सचिव प्रिया राइ कटवाल,  इलाका प्रहरी कार्यालयका बेल्टारका प्रहरी निरीक्षक छे फिन्जो

भोटे, भलिबल संघका नगर संयोजक सन्तोष राई, तेक्वान्दोका नगर संयोजक एसव राई, खेलकुद विकास  समितिका अध्यक्ष शसिचन्द्र राई, सचिव भाष्कर चौधरी लगायतको उपस्थिती रहेको थियो ।

उषा राईको सञ्चालनमा विदुर राईको सभापतित्वमा कार्यक्रम समापन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *