चौदण्डीगढीकी उप मेयर चौधरी पनि आकांक्षित

बेल्टार/साउन ८। राजनीतिक क्षत्रमा लागि सकेपछि आफू पनि आफ्नो क्षमता अनुसारको पदिय जिम्मेवारी पाए निष्पक्ष निर्वाह गरिन्थ्यो भन्ने जो कोहीलाई लाग्न स्वाभाविकै हो ।

त्यही स्वाभावले हुन सक्छ नेपाली कांग्रेसको आसन्न १४ महाधिवेशनमा चौदण्डीगढी नगरपालिकाकी उप मेयर रिताकुमारी चौधरी पनि आफूलाई सुहाउदो कुनै एक पदको लागि आंकाक्षित देखिएकी छन् ।

पार्टीकाे महाधिवेशन नजिकिन्दै गर्दा उप मेयर चाैधरीमा पनि कुनै एक पदमा आंकाक्षित देखिएकी हुन् ।

तर आफू कुन पदमा उम्मेद्धारी दिने त्यो पद भने खुलाउन चाहेका छैनन् । तर उनी भन्छन्, ‘नेतृत्व पंतिले मलाई सुहाउँदो र मेरो क्षमताको मूल्यांकनगरी यो पदमा उम्मेद्वारी देउ, भनेर सुझाए, दिएको जिम्मेवारी पुरा गर्न तयार छु, किन की महिला भएको आधारले पनि न्यायोचित हुन सक्छ भन्ने लाग्दको छ ।’

सानो उमेरबाटै समाजिक सेवामा लागेर केही गर्न रुचाउने उनी नेपाली कांग्रेसको सिद्धान्त, विचार–दर्शन मन पराएर पार्टीमा आवद्ध हुन पुगेको उनी बताउँ छन् ।

त्यही लगावले हुन सक्छ पार्टीका सक्रिए हुँदै गएपछि चाडै क्रियाशील सदस्यसमेत पाउन सफल भइन् । त्यसपछि विस्तारै पार्टीमा सक्रियता बढाउन थालिन् ।

राजनीतिमा उनको सक्रियतासँगै पार्टीको क्षत्रीय महिला संघकी सचिव भइ काम गर्दा गर्दै ०७४ को स्थानीय निर्वाचनमा उप मेयरमा टिकट प्राप्त गर्ने अवसर जुराइन् ।

उनको त्यो मेहनत र कडा परिश्रमले उप मेयरको पदमा बाजी मार्न सफल पनि भइन् । पार्टीमा सफल हुँदै गएकोले हुन सक्छ यस पटकको महाधिवेशनमा उम्मेद्वारीको आकांक्षित भएको सहजै आंकलन गर्न उनका राजनीतिक समकक्षी, सहकर्मीहरु बताउछन् ।

त्यसो त उप मेयरको जिम्मेवारी प्राप्त गरिसकेपछि “जनतासँग उप मेयर” शिर्षकको कार्यक्रमलेसमेत उनको उचाईलाई लोकप्रिय बनाई दिएको छ ।

उनको त्यही योजनाले नगर अस्पतालमा गर्भवती महिलाहरुको लागि निःशुल्क चेकजाँचको व्यवस्था भएको छ ।

त्यसैगरी सरकारी अस्पताल या स्वास्थ्य संस्थाहरुमा प्रसूती गराएकी महिलाहरुलाई निः शुल्क सुत्केरी पोषण कार्यक्रम सञ्चालनसँगै जनमुखी कामहरु गरेर सबैको लोकप्रिय जनप्रतिनिधिको रुपमासमेत स्थापित भइसकेकी छन् भन्छिन, बसाहाकी समाजसेवी मौसम राई ।

त्यही कार्यक्रमले ९ नं. वडा हडियामा एम्वुलेन्स खरिदगरी हाल सञ्चालनमा छन् त कतिपय वडाहरुमा प्रसूती गृह (वर्थिङ सेन्टर) स्थापना गरेर यति बेला उनी चर्चामा छन् ।

याे उचाइले सफलता मिलिरहाेस् भन्दै अानाे समकक्षी चाैधरीलाइ   समाजसेवी राइले सफलताकाे  कामनासमेत व्यक्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *