बेल्टार/चैत २८। नेपाली कांग्रेस पार्टीको भातृसंगठन नेपाल तरुण दलले नयाँ वर्ष ०७८ को शुभकामना आदन–प्रदान कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
पार्टी कार्यालय बेल्टारमा आयोजित कार्यक्रममा चौदण्डीगढी तरुण दल नगर समितिको आयोजनामा सो कार्यक्रम सञ्चालन भएको हो ।
कार्यक्रममा पार्टीका क्षत्रीय सभापति भोजराज खतिवडा, नगर सभापति राजेन्द्र पौडेल, नगर प्रमुख खगेन्द्र राई लगायतले शुभकामना व्यक्त गरेका थिए । त्यसैगरी पार्टीका विभिन्न भातृ संस्थाहरुकोसमेत उपस्थिती रहेको थियो ।
दिपेन राईको सञ्चालन र समितिका संयोजक सन्तोष राईको सभापतित्वमा कार्यक्रम समापन भएको थियो ।