किराया संस्थापक अध्यक्ष तथा समाजसेवी चाम्लिङको निधन

बेल्टार/माघ १४। किरात राई योयोक्खा उदयपुर जिल्लाको संंस्थापक अध्यक्ष तथा समाजसेवी कृष्ण चाम्लिङको निधन भएको छ ।

चौदण्डीगढी नगरपालिका वडा नं. ६ बेल्टारको चाम्लिङ चोक निवासी ७५ वर्षीय चाम्लिङको उपचारको क्रममा काठमाण्डौको गंगाल अस्पतालमा गएराती निधन भएको बुझिएको छ ।

उनी आदीवासी जनजातिसम्वद्ध विभिन्न आन्दोलनका एक नेतृत्वकर्तासमेत थिए । लामो समयसम्म व्रिटिस सेनामा सेवागरी निर्वृत्त भएपछि सामाजिक सेवामा अनवरतरुपमा लागि परेका थिए ।

किराया वेल्टारको जग बसाउँदै आफ्नो समुदायप्रती पनि चेतना जगाउँने एक वौद्धिक व्यक्तित्व थिए ।

न्याेति माध्यामिक विद्यालयलाइ ०६७ सालमा ५० हजार रूपैयाकाे अक्षकाेषकाे स्थापना समेत गरेकाे प्रधानाध्यापक राजकुमार अाेझाले जानकारी दिए ।

प्रअ अाेझाका अनुसार प्रत्येक वर्ष एसइइमा प्रथम हुने छात्रछात्रालाइ रकमकाे रकमबाट अाउने व्यजबाट  विद्यार्थीहरूकाे हाैसला बढाउँने उदेश्यले काेषकाे स्थापना गरेका थिए भने उनी लगातार २ पटक  शिक्षक अभिभावक संघकाे अध्यक्षसमेत भएका थिए ।

उनकाे पार्थिप शरिरलाई घरमै ल्याएर अन्त्याेष्ठि गरिने पारिवारिक स्रोतलाई उध्रित गर्दै किरायाका जिल्ला अध्यक्ष वलधन राईले गढीखबरलई जानकारी दिए ।

एक उर्जाशिल समाजसेवी व्यक्तित्व चाम्लिङप्रती गढीखबर दैनिक परिवार गहिरो समवेदना व्यक्त गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *