बेल्टार/कात्तिक १२। केही दिनसम्मको रस्साकस्सि पछि नेकपा एमालेले चौदण्डीगढीको नेतृत्व पाएको छ ।
मुलुकभर गत ९ गते पालिका अधिवेशन तोकिए अनुसार चौदण्डीगढीमा भने ५ जना आकाँक्षित देखिएपछि नेतृत्व चयनमा सकस भएको थियो ।
तर ४ दिनसम्मको वार्ता, छलफल पछि विहिबार अबेर ३ नं. वडा मकम डाँडा बसाहाका श्यामकुमार राईलाई नेतृत्व चौदण्डीगढी नगर समिति गठन भएको छ ।
समितिको अन्य पदाधिकारीहरुमा कृष्णबहादुर खत्री उपाध्यक्ष, सचिव बिकास बन्जारा, उपसिचव मिनाकुमारी राई, उपसचिव चन्द्रहास चौधरीसहित ७५ सदस्यीयको नगर समिति गठन गरिएको पार्टीले जनाएको छ ।