उद्योग वाणिज्य संघमा पुरानै समिति यथावत

बेल्टार/बैशाख १९। २२ दिनसम्मको रस्साकस्सिपछि बेल्टार बसाहा उद्योग वाणिज्य संघ चाैदण्डीगढीले पुरानै समितिलाई यथावत कायम गर्दै अधिवेशन सम्पन्न गरेको छ ।

शनिबार वाणिज्य संघको भवनमा अयोजित कार्यक्रमले अध्यक्षमा पवन कार्की, उपाध्यक्ष कुमार ल्वागुन र चुना थापा, कोषाध्यक्षमा तेजनारायण साह, महासचिवमा राजकुमार देव र सचिवमा पावर्ती राई गरी पुरानै समितिलाई यतावत चयन गरिएको हो ।

समितिको अन्य सदस्यहरुमा आरती राई, किशोर कार्की, महेन्द्र प्रधान, श्याम तिम्सिना, राजकुमार खड्का र भिम कटवाललाई चयन गरिएको छ । संघले ६ वर्षपछि गत चैत २७ गते अधिवेन खुल्ला गरको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *