बेल्टार/मंसिर १०। नेपाली कांग्रेस उदयपुरको पार्टी सभापति पदका लागि १ नं. प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री हिमाल कार्की र वर्तमान सभापति विदुर बस्नेत प्यानलसहित चुनावी मैदानमा उत्रेका छन् ।
शनिबार (भोली) हुने निर्वाचनका लागि शुक्रबार दिउँसो दुवै समूहले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् ।
शुक्रबार दिनैभर दुवै समूह सर्वसम्मत नेतृत्व चयनको लागि वार्ता र छलफल भएपनि वार्ता असफल भएपछि उम्मेदवारी दर्ता गरेका हुन् ।
वार्तामा बस्नेत समूहले २ उपसभापति, २ सचिव माग गरेपछि वार्ता सफल भएकाे कार्की समूहका एक नेताले बताए ।
कार्की पूर्व सभापति हुन भने १ नं. प्रदेश संसदहुँदै अहिले मन्त्रीसमेत छन् । बस्नेत जिल्ला सभापतिको नेतृत्व समाल्दै आएका छन् ।
गत ७ गतेभएको क्षेत्रीय सभापतिपदको निर्वाचनमा क्षेत्र नं. १ बाट खगेन्द्र राई र २ बाट रामकुमार राई विजयी उम्मेदवारहरु दुवै कार्की प्यानलका हुन् ।
यसरी दुई निर्वाचन क्षेत्रमा कार्की प्यानलका समूह विजयी भएपछि बस्नेत समूह हच्किएको स्रोतले जनाएको छ ।
त्यस्तै जिल्ला कार्यसमितिको सचिव पदमा भने कार्की समूहबाट मुरारी खड्का र राजिव श्रेष्ठ रहेका छन् ।
त्यस्तै बस्नेत समूहबाट शुसिल सेढाई र साङदोर्जे लामा जिल्ला सभापति पदमा उम्मेदवारी दिएको बुझिएको बुझिएको छ । मतदान भोलि (शनिबार) विहान ८ बजेदेखि हुने निर्वाचन समितिले जनाएको ।
२ वटा निर्वाचन क्षेत्र रहेको उदयपुरमा कांग्रेसको १४ औँ महाधिवेशनका लागि भएको वडास्तरको निर्वाचनबाट १ हजार ३ सय ७५ जना मतदाता छानिएका छन् ।
सोही छनोट भएका मतदाताले जिल्ला नेतृत्वका लागि मतदान गर्ने पार्टीले जनाएको छ ।