७ घरपरिवारलाई खाद्यान्न वितरण

गढीखबर,
बेलका/भदौ ३०। बेलका नगरपालिका वडा नं. १ र २ समाजसेवी युवाहरुको पहलमा सञ्चालन भईरहेको फुट वैंक मार्पmत मंगलबार ७ घर परिवारलाई राहत वितरण गरेको छ । पालिकाको २ नं. वडाको तीन वटा टोलहरु शक्तिसाली, सिर्जनशिल र पूर्व टोल बेल्हामा उक्त राहत वितरण गरेको हो ।

‘हुनेले दिने नहुनेले लिएर जाने’ कार्यक्रम मार्पmत दोश्रो चरणको राहत वितरण गरेको सार्वजानिक युवा क्लवका सह सचिव कृष्णमान चौधरीले जानकारी दिए ।

प्रती परिवार २५ किलो चामल, ३ किलो दाल, २ लिटर खानेतेल, १ पोका नुन र नुहाउने साबुन लगायतका सामग्री विपन्न परिवारलाई वितरण गरिएको सह सचिव चौधरीले बताए । त्यसैगरी तेस्रो चरणको कार्यक्रम भने १ नं. वडामा वितरण गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *