६ नं. वडाले खानेपानी धारा वितरण ग¥यो

बेल्टार/फागुन १२। आफ्नो वडाभरीका विद्यार्थीलाई वर्षेनी निःशुल्क कलम, कपीको व्यवस्था गरेको चौदण्डीगढी नगरपालिका वडा नं. ६ सिर्वानीले पुनः आफ्नो वडाका विपन्न समूदायलाई निःशुल्क खानेपानी धारा वितरण गरेको छ ।

वडाध्यक्ष कमलध्वज राईले २७ घरपरिवारलाई खानेपानीको समस्याबाट गुज्रिरहेका वडावासीलाई निःशुल्क धारा वितरण गरेको हो ।

त्यस्तै श्रमजीवी मजदुरहरुलाई निःशुल्क गिटी कुट्ने औजार २/२ थानको दरले वितरण गरेको छ भने हाउस वायरिङका निःशुल्क सामग्री वितरण गरेको वडाध्यक्ष राईले जानकारी दिए ।

कार्यालयमै सामान्य कार्यक्रमको आयोजना गरी गरिव, किसान, मजदुरहरुलाई केही राहत होस् भन्ने उदेश्यले टोलविकास संस्थाले छानेर ल्याएका विपन्नहरुलाई सो सामग्री वितरण गरिएको बताए ।

सर्वसाधारणको काम गर्न आइयो अब ५ वर्षे सेवाअवधिपनि टुँगिन लाग्दा सबैलाई सम्पन्न बनाएर जाउँ भन्ने सोच थियो, तर जति गरियो थोरै गरियो ती धेरैको मन बुझाएको छु भन्ने लागेको छ, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *