२ र ६ नं.वडामा कोरोना विरुद्धको अभियान जारी

गढीखबर 
बेल्टार/चैत १३। कोरोना भाईरसबाट कोही कसैलाईपनि संक्रमित नहोस् भन्ने उदेश्यले चौदण्डीगढी नगरपालिकाको २ र ६ नं. वडाले भिभिन्न जनचेतना मुलक अभियानहरु सञ्चालन गरिरहेका छन् । २ नं. वडाले भने भईपरि आउन समस्यालाई ख्याल गर्दै २ वटा क्वारेन्टाईन वार्ड बेड बनाउदै छन् भने ६ नंं. वडाले अतिविपन्न वर्गका परिवारहरुको घर/घरमा पुगेर हातधुने सावुन र माक्स वितरण गर्दै अभियान सञ्चालन गरेकोे हो ।

सरकारले लागू गरेकोे लकडावनको पूर्णरुपमा पालना गर्न आग्रह गर्दै जनचेतासमेत अभिवृद्धि गर्दै वडाको टोलटोलमा प्रवेस गरेको ६ नं. वडाध्यक्ष कमलध्वज राईले जानकारी दिए । नागरिकको स्वास्थ्य भन्दा अरु ठूलो विषय हुनै नसक्ने भन्दै वडाध्यक्ष स्वयम वडावासीको घरघरमा पुगेको वडा सदस्य उद्धव भुजेतलले बताए ।

त्यसैगरी २ नं. वडाका अध्यक्ष सन्तोष सुवेदीले भने, “कोरोना भाईरसको संक्रमणलाई मध्ये नजर गर्दै वडाको स्रोतबाट अहेव र अनमि एक÷एक जना संक्रमण अवधिभरका लागि दैनिक १/१ हजारको दरले कार्यालय सहयोगिसहितको ज्यालादारीमा राख्ने गरी तयारी भईरहेको छ ।” क्वारेन्टाईनको लागि सिंहदेवी माविको २ वटा कोठामा २ वटा सम्मको बेड वार्ड बनाउन आजैबाट तयारी भईरहेका अध्यक्ष सुवेदीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *