स्व.वडाध्यक्ष मगरको स्मृतिमा भलिबल प्रतियोगीता

बेल्टार/फागुन १८। कोरोना महामारीले भर्खरै तंरिएको जनजीवनलाई सहजता तुल्याउँदै विस्तारै विविध प्रकारका गतिविधिहरु पनि  सञ्चालन हुन थालेका छन् ।

सोही अनुसार चौदण्डीगढीमा खेलकुद जगतले विस्तारै प्राथमिक्ता पाउँदै गएको अवस्था छ । भर्खरै बसाहामा चौथौ मेयर कप व्याडमिन्टन प्रतियोतीता सम्पन्न भएलगत्तै स्थानीय युवाहरुको आयोजनामा तेस्रो बेल्टार मिनी गोल्ड कप शनिबारदेखि शुरु भएको छ ।

त्यस्तै चैदण्डीगढी नगरपालिका वडा नंं. ८ सिद्धिपुरका स्व. वडाध्यक्ष श्याम खपांगी मगरको स्मृतिमा भलिबल प्रतियोगीता हुने भएको छ । चैत १ गतेदेखि ३ गतेसम्म वीरेन्द्र बजारकाे खेल मैदानमा साे प्रतियोगीताको आयोजना गर्न लागिएको सोमबार पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रतियोगीतमा खोटाङ्ग, भोजपुर, सुनसरी र उदयपुरकै बेलका र त्रियुगा नगरपालिका र आयोजक गरी १२ समूहले सहभागी जनाउँने बेल्टारको चौदण्डी दरबार पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अनुमानित ४ लाख रुपैया लाग्ने बजेट व्यवस्थापन भने वडा र नगरपालिका र केही शुभेच्छुक संघ संस्था र व्यक्तिबाट संकलन गरेर आयोजना गर्न लागेको प्रतियोगीताको संयोजक विवस राईले जानकारी दिए ।

उपलप्रतियोगीतामा प्रथम, द्धितिय र तृतिय हुने समूहले क्रमश ३०, २० र १० हजार नगदसहित ट्रफ्री, मेडल प्रमाण–पत्र प्राप्त गर्र्ने छन् । कोरोना महामारी कारण खेलकुद गतिविधिहरु ठप्प भएको अवस्थामा संक्रमण केही मत्थर भएपछि छिटफुटरुपमा खेलकुद प्रतियोगीताहरु सञ्चालन हुन थालेका हुन् ।

नगर खेलकुद शाखाले कोरोनाकै कारणले आफ्नो विभागीय कार्यालय स्थापना गर्न अहिलेसम्म नसकेको पत्रकार सम्मेलनमा उपस्थित शाखाका अध्यक्ष शशिचन्द्र राईले बताए ।

अध्यक्ष राईका अनुसार अबदेखि मेयर कप नहुने भएको छ । जुन उदेश्यले नगरपालिकाले आयोजना गर्दै आएको मेयर कप भनेको विशुद्ध युवा खेलाडी उत्पादन गर्ने थियो तर उदेश्य भन्दा फरक भएकोले उप मेयर कपमा (डाइभर्ड) गर्नु पर्ला भन्ने सोँचमा रहेको अध्यक्ष राई बताउँछन् ।

अध्यक्ष राईले चैतबाट खेलकुद महोत्सव आयोजना गर्ने सोच बनाउँदा बनाउँदै कोरोनाकै कारणले सोच पनि परिवर्तन हुन पुगेको बताए ।

आयोजित पत्रकार सम्मेलनमा वडा सदस्य बासुदेव राई, भलिबल संयोजक सन्तोष राई, स्व. अध्यक्ष मगरका साईला छोरा बालकृष्ण मगर र नेतृ संगीता केसीको उपस्थिती रहेको थियो । वडाध्यक्ष मगरको गत मंसिर २२ गते निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *