स्व. वडाध्यक्ष मगरको शोकसभा गरिने

बेल्टार, मंसिर ३०। गत २२ गते निधन भएका वडाध्यक्षको सम्झनामा शोकभा गरिने भएको छ । चौदण्डीगढी नगरपालिका वडा नं. ८ सिद्दिपुरका वडाध्यक्ष स्व. श्यामकुमार खपांगी मगरको १३ औ पुण्य तिथिमा आगामी पुस २ गते शोकसभा गरिने भएको हो । ०७४ को स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट वडाध्यक्ष पदमा विजयी भएका मगर पार्टीका कृयाशिल सदस्य हुँदै पूर्व गाउँ पार्टीको सभापतिसमेत भएको वडा सभापती वीरेन्द्र खड्काले बताए  । बजार  स्थित पार्टी कार्यालयमा दिउँसो १२ बजे शोकसभाको कार्यक्रम तयारी भएको पनि सभापति खडकाले जानकारी दिए । शोकसभाको लागि वडावासी शुभेच्छुक लगायत सबैलाई जानकारी गराईएको नेपाल  विध्यार्थी संघका चौदण्डीगढी नगरसभापती बिवस राईले जानकारी दिए । २०१३ असोज २२ गते जन्मिएका मगर लगभग १ महिना बिरामी भई उपचारकै क्राम्मा बिराटनगर स्थित नोवेल अस्पतालमा उनको निधन भएको थियो । उनको श्रीमती, ४ छोरा र २ छोरी  छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *