सेमी फाईनलमा सुनसरीको इन्द्रेणी क्लव विजयी

बेल्टार/फागुन १९। आजबाट शुरुभएको सेमी फाईनल खेलमा इन्द्रेणी फुटबल क्लव सुनसरी विजयी भएका छन् । इन्द्रेणीले त्रियुगाको फ्यूजन फुटबल क्लव बोक्सेलाई ०–१ गोलले पराजित गरेको हो ।

इन्द्रेणीकोतर्फबाट खेलको पहिलो हापको २० औ मिनेटमा जर्सी नं. १० का खेलाडी तिर्थ बस्नेतले गोल गरेर आफ्नो समूहलाई अग्रता दिलाएका थिए भने खेलाडी बस्नेतको त्यही १ गोलनै खेलको निर्णायक गोल रहेको थियो ।

प्रतियोगीताको उत्कृष्ट खेलाडी पनि बस्नेत नै घोषीत भएका छन् । उनलाई चौदण्डीगढी नगर खेलकुद विकास समितिका अध्यक्ष शशिचन्द्र राईले पुरस्कृत गरेका छन् ।

भोलीको अन्तिम सेमीफाईनल खेल तालतलैया स्पोर्टस क्लव सुनसरी र खोटाङ–११ बीच हुने आयोजक समितिका सचिव पिटर राईले जानकारी दिए ।

सेमीफाईनल खेलबाट दर्शकलाई शुल्क लिने भनिएपनि अन्तिम खेलमा मात्र लिने निर्णय भएको सचिव राईले जानकारी दिए ।

प्रतियोगीताको मुख्य रेफीमा अमर राई र तिलक विक र महेश मल्लिकले सहायक रेफ्रीको भूमिका निर्वाह गरिरहेका छन् भने (फोर्थ अफिसियल) अञ्जना राई रहेका छन् ।

प्रतियोगीता चौदण्डीगढी नगरपालिका वडा नं. ७ स्थित शहीद रामप्रशाद राई रंगाशालामा गत शनिबारदेखि जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *