सिराहामा राईको जित सुनिश्चित

सिराहा/बैशाख २४। मधेश प्रदेशको सिराहा जिल्ला स्थित कन्जर्हवा नगरपालिका–११ मा वडाध्यक्ष पदका उम्मेदवार किस्मत राईको जित सुनिश्चित भएको बताइएको छ ।

जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार बनेका राईको अन्य प्रतिस्पर्धी दलहरु कम्जोर भएको कारणले राईको जित सुनिश्चित हुने बताइएको हो ।

किरात राई यायोक्खा सिराहाका अध्यक्ष अञ्जनी राईका अनुसार त्यहाँ क्रियाशील दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीहरु चुनवी माहोलमा कम्जोर हरेका छन् ।

किरात राई यायोक्खाको पूर्ण समर्थन रहेको उम्मेदवार राई का दाजु सन्तोष राईले ०७४ को स्थानीय निर्वाचनमा भने पराजित भएका थिए ।

उम्मेदवार राईको सदस्यहरुमा शशिलकुमार यादव, निर्मला विक, गिरीजाकुमारी देवी र तारादेवी हलुवाई रहेका छन् ।

सो क्षेत्रमा किरात राई समूदायको बसोवास न्यून भएपनि सामाजिक भूमिकामा अब्बल समूदाय भएकोले चिर्वाचन जित्न सक्ने अनुमान गरिएको जसपाका नेता विजयी राईले बताए ।

मेयर पदमा भने जसपाकै केशवप्रशाद साह उप प्रमुखमा लक्ष्मीकुमारी श्रेष्ठ चुनावी अभियानमा रहेका छन् । उक्त क्षेत्रमा गठबन्धन गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *