साउनेमा दुर्घटना, बाबुछोरा सख्त घाइते

बेल्टार/साउन ७। उदयपुरको त्रियुगा नगरपालिका १४ नं. वडा साउनेमा बस र मोटरसाईकल ठोकिन्दा बाबु छोरा सख्त घाईते भएका छन् ।

विहिबार दिउँसो ४ बजे भएको दुर्घटनमा मोटरसाईकलमा चालक त्रियुगा नगरपालिका– १५ रानिबासका २५ वर्षीय गोविन्द खड्का र पछाडी सवार उनका बुबा ६० वर्षीय भुपध्वज खड्का रहेका घाईते भएका हुन् ।

गाईघाट आउँदै गरेको बा ४ ख ६०९३ नं को बस र गाईघाटबाट जाँदै गरेको प्रदेश ५००१२९८३ नं को मोटरसाईकल एक आपसमा ठोकिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुवैको हात र खुट्टामा गम्भिर चाेट लागेको छ भने बोल्न नसक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाईते दुवै जनालाई थप उपचारको लागि बिराटनगर रेफर गरिएको छ । बस चालका फरार रहेकोले उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *