सरकारी विद्यालयका प्रअहरु कांग्रेसको क्षत्रीय प्रतिनिधि

बेल्टार/भदौ २१। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको वडा तहको अधिवेशन चौदण्डीगढीमा १८ गते नै सकिएको छ ।

वडाबाट छानिने क्षत्रीय प्रतिनिधिमा सरकारी विद्यालयका बाहालवाला स्थायी प्रधानाध्यापकहरुसमेत चुनिएर आएका छन् ।

अधिकांश वडामा क्षत्रीय प्रतिनिधिमा सर्वसम्मत भएर चुनिएकाहरु मध्ये केही शिक्षक पनि रहेका छन् ।

यसरी क्षत्रीय प्रतिनिधि बन्ने प्रअहरुमा २ नं. वडा झोडापाटा स्थित कौवैदेवी आधारभूत

विद्यालयका प्रअ केदार कटवाल, कोकन आधारभूत विद्यालय ढेलाचौरीकी प्रअ रिताकुमारी

चौधरी, वडा नं. ४ वसाहा स्थित कालिखोला माविकी प्रअ तस्विरा तामाङ, महादेवेश्वर

आधारभूत विद्यालयका प्रअ राजकुमार चौधरी, वडा नं. ५ स्थित शिवाई माविका प्रअ दिनेश ढुंगाना, सोही विद्यायलयकी स्थायी शिक्षीका ईन्दिरा बञ्जरा, आधारभूत विद्यायालय बेलीका शिक्षक भाष्कर चौधरी निजि स्रोतका शिक्षक हुन् ।

त्यस्तै ८ नं. वडा सिद्धिपुर स्थित सरस्वाती मावि सावाका प्रअ रितबहादुर मगर, १ नं. वडा चौदण्डीका स्थानीय लोकबहादुर तामाङ बेलका नगरपालिकाको एक आधारभूत विद्यालयमा राहत कोटाबाट पढाउछन् ।

१ नं. वडाकै सारदा मावि कटहरेमा कार्यरत शिक्षक इन्द्रबहादुर कार्की पनि राहत कोटाबाट शिक्षण पेशामा आवद्ध छन् ।

त्यस्तै निजि विद्यालयहरु सगरमाथा सेकेण्डरी बोर्डिङ स्कूल बेल्टारका प्रअ जनक कार्की, कञ्चनजँघा सेकेण्डरी स्कूल बेल्टारका प्रअ तथा ज्योति क्याम्पसका विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण श्रेष्ठ पनि क्षत्रीय प्रतिनिधि चयन भएका छन् ।

उनीहरु प्राय सबै सर्वसम्मतबाट प्रतिनिधिमा चुनिएका हुन् । तर यसरी कुनै पनि दलमा खुलेर राजनीतिक गर्न नमिल्ने बताउँछन् उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई ।

उनले भने, ‘यो विषय खासगरी निर्वाचन आयोगले हेर्ने हो, तर पनि कुनै राजनीतिक दलमा शिक्षक जस्तो व्यक्तित्वले दलमा आवद्ध भएर राजनीतिक गर्न मिल्दैन, निवेदन परेमा आयोगले निलम्वन गर्ने प्रावधान छ ।’

जिल्ला निर्वाचन कार्यालयका प्रमुख हिमालय बरालका अनुसार प्रमाणसहित लिखित उजुरी प¥यो भने छलफल र कानुनी प्रावधानमा जान सकिने बताए ।

प्रमुख बरालले भने, ‘यो विषयमा स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृतको कार्यालयसम्म लिखित उजरी परेमा कानुन बमोजिम प्रक्रिया अगाडी बढ्न सक्छ ।

तर चौदण्डीगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुराज आचार्यले भने, ‘शिक्षक, कर्मचारीले त नपाउँने हो यो विषयमा शिक्षा शाखामासमेत उजुरी परेको भए के गर्ने भन्ने विषयमा छलफल हुने थियो ।

तर अहिलेसम्म सो विषयमा लिखित निवेदन नआएको उनले बताए । निर्वाचनको प्रारम्भिक चरण मनोनयन दर्ताकै प्रक्रियमा हुने दावी विरोधको समयमा उजुरी परेको भए छानवीन

गर्नसम्म सकिन्थ्यो तर शिक्षक, कर्मचारीले उठ्न पाउने नपाउने भन्ने विषयमा सम्वन्धित दलको विधान अनुसार हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *