समृद्ध बसाहाको निम्ति चुनावी मैदानमा ‘भुपेन्द्र राई’
बेल्टार/बैशाख २३। आसन्न बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सबै दलहरु यतिबेला चुनावी अभियानमा व्यस्त छन् ।
याे चुनावी माैसम हाे । यतिवेला प्रत्येक नागरिककाे घरघरमा चुनावी अभियानमा दलका उम्मेदवारहरू व्यास्त छन् ।
यहीँ व्यस्तामा बसाहाका भुपेन्द्र राई पनि चुनावी घरदैलाे कार्यक्रममा निकै उत्साहकाकासाथ व्यास्त छन् ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–४ वडाकाे वडाध्यक्ष पदका लागि उनले गत १२ गते निर्वाचन अधिकृतकाे कार्यालय बेल्टारमा उम्मेदवार दर्तागरेसँगै उनी अहिले चुनावी अभियानमा लागेका हुन् ।
उनी तीन दलीय गठबन्धनका साँझा उम्मेदवार हुन् भने उनी जसपाका नगर अध्यक्षसमेत हुन् ।
उनको मुख्य उम्मेदवारी बसाहालाई समृद्ध बनाउँन र शिक्षा, स्वास्थ्य, युवालाई रोजगार, कृषि र भौतिक पूर्वाधारलाई प्राथमिक्तामा राखेर चुनावी मैदानमा होमिएको हाे ।
बसाहामा स्थायी वसोवास गर्दै आएका राईले अहिलेसम्म गरेका सामाजिक कार्यहरु बसाहामा प्रशंसनीय छ ।
उनले फूटबल खेलको दोस्रो पिँढीको नेतृत्व विकासमा ठूलो भुमिका निर्वाह गरिसकेका छन् ।
त्यसो त उनले नारद आदर्श उच्च माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बनेर शिक्षा क्षेत्रमा पनि उनको योगदान उत्तिकै सराहनीय छ ।
उम्मेदवार राईको पालामा फत्तेपुर, बसाहा–बेल्टार सडक अन्तर्गत आम्बासीको निषेधित सडक खण्ड खुलाउन बसहाली जनताको तर्फबाट नेतृत्वको भुमिका निर्वाह गरे ।
त्यस्तै उनको पहलामा लामाखोला सिंचाईको अध्यक्ष रहेर ४ सय घरपरिवारलाई समुचित सिंचाई व्यवस्थापन, स्ववियु सभापती, विद्यार्थीको हक हितमा आवाज बुलन्द गर्दै आएका उनी यतिबेला वडाको नेतृत्व सम्हाल्न खोजिरहेका छन् ।
त्यसो त उनी नारदमुनी थुलुङ गोल्डकपका एक परिकल्पनाकारसमेत हुन् ।
स्थानीय छरछिमेक गाउँ वस्तिमा हुने विभिन्न समस्याहरुको हल गर्नको निम्ति प्रहरी प्रशासनमा छलफलको माध्यमबाट अन्यायका विरुद्ध न्यायको दिलाउँन अग्रणी भुमिका निर्वाह गर्दै आएका छन् ।
त्यसैगरी विभिन्न सामाजिक अभियानमा निरन्तर लागिरहने उम्मेदवार राईले बसाहा झोडाका भूमिदाता तथा प्रजातन्त्र प्राप्तिका नायक नारदमुनी थुलुङको फ्लेक्सफोटो हजारौंप्रति बनाई निःशुल्क वितरणसमेत गरेका छन् ।
भुपेन्द्र राई समाजका यस्ता व्यक्ति हुन्, जसले आफ्नो युवावस्थादेखिनै पुरै समाजसेवामा विताएका एक सामाजिक व्यक्ति हुन् भन्छन्, स्थानीय समाजसेवी मनि राई ।
उम्मेदवार राईको सदस्यहरुमा शान्ति राई, अम्विका सार्की, अम्वरबहादुर भुजेल र कुमार राई रहेका छन् ।
०७४ को स्थानीय निर्वाचनमा पनि तत्कालिन संघीय समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बनेका राईले ४ सय ३० मत ल्याएर पराजय भएका राई यतिबेला भने निकै जाेस, जाँगरकासाथ चुनावी मैदानमा हाेमिएकाे बसाहाका स्थानीय समाजसेवी राईले बताए ।
सो निर्वाचनमा पराजय भएपनि उनको लोकप्रियता भने त्यतिबेलादेखि नै चुलिएको उनले बताए ।
हक्कि, निडर स्वभावका उनी गाउँघरमा परेका साना या ठूला समस्याहरु गाउँठाउँबाटै मिलाउँनु पर्छ भन्ने मान्यता राख्ने एक कुशल, क्षमतावान र स्वच्छ छविका व्यक्तित्वमा परिचित छन् ।
उनीसँगै यसपटकको चुनावमा नेपाली कांग्रेसबाट डम्वर पुलामी मगर, राप्रपाबाट यज्ञबहादुर कार्की र नेकपा एमालेबाट लुंगराज राई वडाध्यक्षको चुनावी मैदानमा उत्रेका छन् ।
एक पटक वडाको नेतृत्व गर्ने अवसर प्रदान गर्न उम्मेदवार राईले वडावासीहरुसँग अनुरोध गरेका छन् ।