संघीय संसद खड्काको पहलमा विद्यालय भवन

बेल्टार/फागुन १८। गत असोज २० गते संघीय संसद डा. नारायण खड्काले शिलान्यास गरेको विद्यालय भवनको निर्माण कार्य शुरु गरिएको छ ।

चौदण्डीगढी नगरपालिका वडा नं. ८ लुङ्गिन्टार स्थित जनता माध्यामिक विद्यालयको ४ कोठे पक्कि भवन निर्माण कार्यलाई सोमबारबाट विधिवतरुपमा  शुरु गरिएको हो ।

भवनको नगर प्रमुख लगायतको उपस्थितीमा पुजापाठ गरी निर्माण कार्यको थालनी गरिएको ठेकेदार कम्पनीका सञ्चालक प्रकाश खम्वू किरातीले बताए ।

संघीय सरकार भौतिक पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत र चौदण्डीगढी नगरपालिकाको संयुक्त बजेट कूल ३९ लाख भएपनि ठेक्का

प्रकृयामार्फत २८ लाख ४६ हजार ८ सय १४ रुपैयामा ४ कोठे पक्कि भवन निर्माण कार्यको थालनी भएको प्रधानाध्यापक पदम तामाङले जानकारी दिए । भवनको निर्माण जिम्मा भने स्थानीय साङगे छोयलिङ कन्स्ट्रक्शन प्रालिले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *