शिखपुर–काभ्रेवासीहरु घट्टामा निर्भर

गढीखबर,
बेल्टार/भदौ २१।अत्याधुनिक युगमा पनि पुराना युगको प्रचलनले हाम्रो गाउँले जीवन स्तर राम्रै चलेको छ । संसारमा जति सुकै नयाँ नयाँ प्रविधिहरुको आविस्कार भईरहेको भएपनि हाम्रो मुलुकमा कतिपय गाउँठाउँमा अभैm पुराना पुर्खाहरुले ल्याएको प्रचलनले छोड्न सकेको छैन ।

यी यस्तै हाम्रा पुर्खाहरुले ल्याएका पुराना युगका चलनचल्तिले हाम्रो पुस्ता सम्म आईपुग्दा सम्म पनि जीवन धानीरहका छौ । ‘आधुनिक युग प्रविधिको युग’ भनिए पनि विकटताले गर्दा हाम्रो जीवन स्तर पुराना युगमै आत्मनिर्भर हुनु परेको छ ।

चौदण्डीगढी नगरपालिकाको पनि अति विकट दुर्गम ठाउँहरु यस्ता छन्, जहाँ खानेपानी, विजुली वत्ति, शिक्षा स्वास्थ्य जस्ता आधारभूत विषयमा प्रसस्त पहुँज नभएको वडाहरु पनि छन् । पालिकाको वडा नं. १ र ८ वढी दुर्गम क्षत्रमा पर्दछन् ।

पालिकाको १ नं. वडाको शिखरपुर–काभ्रेका स्थानीयवासीले पानीबाट चल्ने घट्टाबाट  आफ्नो आवश्यक्ता पुरा गर्दै आएका छन् । नजिकमा आधुनिक मिल नभएका कारण घट्टामै निर्भर हुनु परेको हो ।

०७३ सालतिर फत्तेपुर स्थित (रेस्पेक्ट) नामक एक संस्थाले निर्माण गरिदिएको घट्टाबाट स्थानीय स्तरमा उत्पादन भएको मकै, कोदो र गहु पिस्ने गरिएको स्थानीय समाजसेवी तथा शिखरपुर–काभ्रे टोल विकास संस्थाका अध्यक्ष भुपजित राईले बताए ।

तर, सो गाउँमा अहिले विद्युतलाइन पनि विस्तार गरी प्रयोगमा ल्याईसकिएको छ । शिखबरपुरका १९ घर र काभ्रेका १८ गरी गरी ३७ घरपरिवारले सो घट्टा उपभोग गर्दै आएका छन् ।

यसरी पिस्न ल्याईएको अन्नमा एक पाथी बरावर एक मानाको दरले ज्याला लिने गरेको पनि अध्यक्ष राईले बताए । शिखरपुर काभ्रे बाहेक १ नं. वडाकै विर्ता टोल, २ नं. वडाको भित्ते, देविथान, गाईघाटे टोलकासम्मकाले मकै र कोदो पिस्न ल्याउँने गरेका उनले बताए ।

गाउँमा धान भन्दा मकै, कोदो र गहुको उत्पादन बढी भएकोले पनि मिलको आवश्यक्ता थियो । तर, मिल राख्न पैसा धेरै लाग्ने भएकोले रेस्पेक्ट संस्थासंग कुरा भएपछि घट्टा निर्माण गरिएको अध्यक्ष राईले बताए । तर, यस वर्ष मकै र कोदोको उत्पादनमा ह्रास आएपछि घट्टा पनि बन्द हुने अवस्था छ उनले भन्यो ।

आधुनिक मिलको आविस्कार हुनु पूर्व हाम्रो पहाडी क्षत्रमा यी यस्तै घट्टामा अन्न र कलमा तेल पेल्ने चलन थियो । अहिले अधिकांश क्षत्रमा विद्युत विस्तार भएसंगै विद्युतीय आधुनिक मिलहरु सञ्चालनमा ल्याईएको छ ।

घट्टा र कल नेपाली संस्कारको रुपमा पनि हेरिने भएकाले नयाँ आधुनिक्ताले पुराना प्रचलनहरु लोप हुँदै गएको एक वृद्धले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *