शहिद रामप्रशाद राई रंगशालामा इतिहासमै ठूलो फुटबल प्रतियोगीता हुँदै
बेल्टार/फागुन १०। बेल्टार बजारको इतिहासमै पहिलो पटक ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगीता हुने भएको छ ।
७ नं. वडाको ऐतिहासिक खेलमैदान शहिद रामप्रशाद राई रंगशालामा आगामी १५ गते २२ गतेसम्म तेस्रो बेल्टार मिनि गोल्ड कप फुटबल प्रतियोगीता हुन लागेको हो ।
प्रतियोगीतामा पहिलो र दोस्रो विजयी समूहले नगद १ लाख र ५० हजार रुपैयाँसहित ट्रफ्री, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
यसअघि ०७१ मा भुलिमाया स्मृति कपको प्रथम पुरस्कार राशी ५० हजार र उप विजेताको लागि २५ हजार त्यस्तै ०७५ मा आयोजना गरिएको चौदण्डीगढी नगर प्रथम मेयर कपको पुरस्कार राशी ५० हजार र उप विजेताले २५ हजार रुपैया नगदबाहेकका अन्य ठुलो पुरस्कार राशीको फुटबल प्रतियोगीता भएको छैन ।
बेलाबेलामा सामान्य खसी कप जस्ता प्रतियोगीताहरु बाहेक अन्य कुनै प्रतियोगीता हुन सकेको छैन ।
स्थानीय समाजसेवी युवाहरु पिटर खिम्दुङ राई, पूर्व राष्ट्रिय खेलाडी जेवी राई, प्रेमजङ्ग राई, निरज घिसिङसाथमा ज्ञानेन्द्र प्रधानसहितको अगुवाईमा बेल्टार युनाईटेड युथ क्लव बेल्टारको आयोजनामा उक्त प्रतियोगीता हुदैछ ।
प्रतियोगीतालाई सफल पार्न सबैसंग आयोजकले अनुरोध गरेकापनि छ ।अनुमानित ८ लाख रुपैयाँ खर्च हुने आयोजक समितिका संयोजक पिटर खिम्दुङ राईले जानकारी दिएको छ ।
प्रतियोगीतमा कूल जिल्ला बाहिरका २ समूह र आयोजकसहित ८ वटा समूहले सहभागीता जनाउँने आयोजकले जनाएको छ ।
स्थानीय ७ नं. वडाका वोनम्यारो पीडित लेखकुमार राईको उपचारमा सहयोगको लागि पनि प्रतियोगीता गर्न लागेको गत २३ गतेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
प्रतियोगीताको लागि आवश्यक व्यवस्थापन अन्तिम चरणमा पुगको पनि संयोजक खिम्दुङले जानकारी दिए ।