व्राउन सुगरसहित एक जना प्रहरी नियन्त्रणमा

बेल्टार/चैत २९। जिल्ला प्रहरी कार्यालय उदयपुरको अवैध लागुऔषध नियन्त्रण गर्ने अभियान अन्तर्गत प्रहरीले व्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ११ का ३० वर्षीय गोकर्ण कार्कीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

कार्कीले व्राउनसुगरको कारोवार गरिरहेको छ भन्ने गोप्य सूचनको आधारबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले २ ग्राम १० मिलिग्राम व्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नोक तान–१, सिमकाट्ने मिशिन १ थान, विभिन्न कम्पनीको मोवाइल १० थान, तौल नाप्ने डिजिटल मिशिन १ थान, नेपाल टेलिकम ४ वटा सिम,

एनसेलको सिम ३वटा, मोवाइलयमा प्रयोग हुने मेमोरी कार्ड १ थान, टेलिकमस्मार्टको सिम १ थान र एरटेलको सिम १ थान गरी कूल ९ थान,

सिसाको चप्लेट १ थान, ब्लेट १ थान, ५ रुपैयाको डढेको नोट २ थानसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गाईघाटले जनाएको छ ।

कार्की माथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । कार्की माघ १६ गते व्राउन सुगरको विक्री वितरणको मुद्धामा फरार प्रतिवादीसमेत रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *